
विराटनगर,१४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले राम्रो काम गरिरहेको बेला आफूलाई विभिन्न शक्तिहरूले घेराबन्दी गरेको बताएका छन् ।
आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले उक्त कुरा बताएका हुन । थापाले ‘सरकारले राम्रो काम गरेकाले पुरानो र पराजित शक्तिहरू अतालिएका आरोप लगाएका छन ।
उनले भने, ‘राम्रो काम गरेकाले घेराबन्दी भएको छ । नराम्रो काम गरेको भए घेराबन्दी हुने नै थिएन ।’सरकारलाई गिराउने प्रयत्न भइरहेको थापाले बताए ।
१३ वर्षीया बालिका निर्मला पन्तको घटना प्रकरणमा अनुसन्धान भइरहेकाले अभियुक्तको नजिक पुगेको समेत गृहमन्त्री थापाले दाबी गरेका छन ।
‘प्रहरीले नयाँ शिराबाट अनुसन्धान गरिरहेकाले चाँडै हत्यारा पत्ता लाग्ने,’ गृहमन्त्री थापाको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्