ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा पाँच महीनामा ५६५ गुण्डागर्दीका मुद्दा


एबीसी न्यूज
आश्विन ९, २०७५ मंगलबार  १२ : ०१ बजे

चितवन, ९ असोज ।  जिल्ला प्रहरी कार्यालय चितवनले गएको पाँच महीनामा गुण्डागर्दी गर्ने ५६५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । गएको वैशाख महीनामा जिल्लालाई सुरक्षित र शान्त बनाउने अवधारणास्वरुप विशेष अभियान शुरु गरिएको थियो । गुण्डागर्दी गर्नेलाई नियन्त्रण गर्न विशेष अभियान थालिएको हो ।

गुण्डागर्दी गर्नेको खोज्ने, बढार्ने र छान्ने यस अभियानलाई प्रहरीले सर्च, स्वीप एण्ड स्क्रिनिङ अप्रेशन नामाकरण गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार अभियानअन्तर्गत विभिन्न ठाउँमा एक हजार ७०० लाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि छानबिन गरी दोषी देखिएका माथि मुद्दा दर्ता गरिएको हो ।

जिल्लामा पाँच प्रकारका गुण्डागर्दी गर्ने रहेका छन् । जसलाई फ्याउरे, टोले, संरक्षित, राजनीतिक र व्यावसायिकरुपमा प्रहरीले वर्गीकरण गरेको छ । पछिल्लो समय प्रहरीले अभियान थालेसँगै राजनीतिक र व्यावसायिक गुण्डा पूर्णरुपमा नियन्त्रणमा रहेको उहाँले बताउनुभयो अन्य प्रकारका गुण्डा भने अझै रहेका छन् ।

यसअघि गुण्डागर्दीमा संलग्न भएर अहिले सामान्य जीवनयापन र व्यवसाय गरिरहेका १७ जनामाथि प्रहरीले निगरानी राखिरहेको जनाएको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी चौकी र प्रहरी बिट मातहतका क्षेत्रमा गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत काम गरेको हो ।

जिल्लामा ६३ ठाउँमा प्रहरीका एकाइ छन् । ती एकाइले शङ्कास्पद ठाउँमा घेराहाली छानबिन गरेर गुण्डागर्दी गर्नेलाई नियन्त्रणमा लिने गरेको छ । पक्राउ परेकालाई सामान्यतया सार्वजनिक हितविरुद्धका ऐनदेखि सङ्गठित अपराधसम्मका मुद्दा चलाइएको ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com