ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट केन्द्रीय विद्युत् प्रसारणमा जाँदै


bhawani desk
आश्विन ६, २०७५ शनिबार  ४ : २३ बजे

जाजरकोट, ६ असोज । यस आर्थिक वर्षमा नै जाजरकोटका सबै क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच पुग्ने भएको छ । जिल्ला सदरमुकाममा मात्र अहिले केन्द्रीय प्रसारणको विद्युत् आपूर्ति हुँदै आएकोमा यो आर्थिक वर्षभित्र जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण जाजरकोटका महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
अहिले जाजरकोटको भेरी नगरपालिका–१३ कुदुसम्म ३३ केभी प्रसारणको विद्युत् आपूर्ति हुँदै आएको छ भने जाजरकोट सदरमुकाम खलङ्गामा ११ केभी प्रसारणको विद्युत् आपूर्ति हुँदै आएको सिंहले जानकारी दिनुभयो ।

जाजरकोट सदरमुकामदेखि बाहिर रहेका स्थानीय तहमा विद्युतीकरणका लागि टेण्डर भइसकेलगत्तै काम शुरु हुने सिंहले जानकारी दिनुभयो । भेरी करिडोर र मध्यपहाडी लोकमार्गका सबै गाउँमा विद्युत् सेवा छिटो पु¥याउनका लागि काम शुरु भएको सांसद गणेशप्रसाद सिंहले बताउनुभयो ।
जाजरकोट वितरण केन्द्रमार्फत शिवालय गाउँपालिकाको छेडाचौर हुँदै मोर्कबजार, बालुवा, खारा, मनघाट थलह, सानाखोला बागमारेसम्म पश्चिम जाजरकोट, पूूर्वको नलगाड नगरपालिका, भेरी नगरपालिका, पश्चिमको छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा यसै वर्ष विद्युतीकरण गरिने छ ।
त्यस्तै खलङ्गा, पाँचकाटिया, ढिमे, चोकमा र नलगाड नगरपालिकाको कालीमटी हुँदै बारेकोट गाउँपालिकाको सक्ला लिम्सामा समेत यसै वर्ष विद्युतीकरण हुने छ ।

त्यस्तै पूर्वको भेरी नगरपालिकाको खलङ्गा, रिम्ना, नलगाड नगरपालिकाको कालीमटी हुँदै चौखा भगवती हुँदै डोल्पासम्म विद्युतीकरणको काम शुरु भएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत भेरी नगरपालिकाको कुदु, हुँदै जगतीपुर, स्याउलीबजार, पोखरा, कार्कीगाउँ, झार्पा दशेरा, सुयाडासम्म विद्युतीकरणका लागि पलामका आधा भागसम्म पोल गाडिसकेकाले तार तान्ने काम शुरु गर्ने तयारीमा रहेको सांसद सिंहले जानकारी दिनुभयो ।

सबैमा पहुँचमा विद्युत् सेवा विस्तार गर्नका लागि मन्त्रालयको पुरै ध्यान केन्द्रित भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै डोल्पाको मुट्केचुला गाउँपालिका, जगदुला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगपालिका विद्युतीकरण गर्नका लागि बजेट विनियोजन भएकाले यसै वर्ष काम शुरु हुने सांसद सत्य पहाडीले बताउनुभयो ।

यही आर्थिक वर्षमा केन्द्रीय लाइन डोल्पा लिनका लागि भेरी करिडोर सडकखण्डभित्र काम भएका सडकभित्रका ठाउँमा र आसपासका क्षेत्रमा केन्द्रीय लाइन विस्तार हुने पहाडीको भनाइ छ दशैँभित्र डोल्पाको दुनैमा राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेना जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले जानकारी दिनुभयो ।

सडक पुगेलगत्तै डोल्पामा केन्द्रीय लाइन विस्तार गर्न थप सजिलो हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com