ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्वका कारण मसानघाटझैँ बनेको नौमूले अहिले पर्यटकको रोजाईमा


एबीसी न्यूज
आश्विन २, २०७५ मंगलबार  ४ : २८ बजे

दैलेख, २ असोज ।  नौमूले गाउँपालिकाका अध्यक्ष भदे बूढा आफै अचम्ममा हुनुहुन्छ । सशस्त्र द्वन्द्वको समयमा दुई महिनासम्म विस्थापित भएर दैलेख सदरमुकाम बस्नुभएका सन्तबहादुर चन्द भन्नुहुन्छ, “नौमूले यस्तो होला भनेर कल्पना पनि गरेको थिएनँ । दाम्लोमा बाँधिएका गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थान खोजी गर्दै हजारौँ नौमूलेका बासिन्दा विस्थापित भएका थियौँ ।’’

मुलुक शान्ति प्रक्रियामा गएपछि नौमूलेलगायत द्वन्द्वबाट बढी प्रभावित बन्न पुगेका वस्तीमा विगतमा विस्थापित भएकाहरु घर फर्किएसँगै बाहिरबाट पनि मानिस आएर वसोवास गर्न थालेपछि नयाँ रौनक थपिएको छ । द्वन्द्वलाई नजिकबाट निहालेका गणेश सलामी भन्नुहुन्छ, ‘‘नौमूले यसरी परिवर्तन होला भनेर सोचेको पनि थिइन् ।

तत्कालीन द्वन्द्वका कारण मसानघाटझैँ बनेको नौमूले अहिले पर्यटकको केन्द्र बन्दैछ । कुनै समय गाउँमा कसैको मृत्यु हुँदा मलामी पाउन मुस्किल थियो । २०५७ सालमा माओवादी विद्रोहीले नौमूलेमा रहेको प्रहरी चौकीमा आक्रमण गर्दा ३५ प्रहरीले ज्यान गुमाएका थिए भने तत्कालीन विद्रोहीतर्फका आठ लडाकू मारिएका थिए ।

उहाँ भन्नुहुन्छ, “अहिले नौमूलेमा घडेरीसमेत पाउन मुस्किल छ । एक मिटर जग्गाको मूल्य रु तीन लाख ५० हजार पुग्यो । गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थान खोज्दै हिँडेका व्यक्ति घर फर्किएका छन् । नौमूले बजार अहिले पक्की भवनले भरिभराउ हुन थालेको छ । साना झुपडी पक्की घरमा बदलिएका छन् ।”

गाउँपालिकाका आठवटै वडामा जोड्ने सडकलाई पक्की गर्ने र दैलेखदेखि नौमूले पुग्ने मुख्य सडक यसै वर्ष कालोपत्रे गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष भदे बूढाले बताउनुभयो । गत वर्ष रु एक करोड १० लाख रकम खर्च गरिएको १४ किलोमिटर सडक दुईतर्फी चौडा बनाइएको छ । वर्षात्का कारण धेरै स्थानमा पहिरो खसेको भए पनि दशैँ अघिदेखि पुनः काम शुरु हुने बूढाले बताउनुभयो ।

आठवटा वडाको मुख्य केन्द्र मानिएको नौमूले बजार, गाउँपालिका बनेपछि परिवर्तन भएको छ । नौमूलेमै निर्माण शुरु गरिएका चारवटा जलविद्युत् आयोजनाले पनि यो क्षेत्रको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पु¥याउने देखिएको छ ।

तीनचुले लेक, द्वारी झरना, महाबु क्षेत्रलगायत जडीबुटीको प्रशस्त सम्भावना रहेको नौमूलेमा अहिले आन्तरिक र बाह्य पर्यटकसमेत बढेको प्रमुख प्रशासकीय अधिकृत हरि खत्रीले बताउनुभयो । यहाँ भएको जडीबुटीको प्रशोधन र संरक्षण मनमोहक लेक र झरना नौमूलेको पर्यटनका आकर्षक स्थल रहेको खत्रीले जानकारी दिनुभयोे । गाउँपालिका घुम्न आउने पर्यटकलाई घरवासमा बस्ने व्यवस्था मिलाइने छ ।

शैक्षिक क्षेत्रमा उल्लेख्य फड्को मार्न नसकेको नौमूलेमा अहिले ४८ वटा सामुदायिक चार संस्थागत विद्यालय रहेका छन् । विद्यालय सङ्ख्याको आधारमा शिक्षक दरबन्दी न्यून भएकाले शैक्षिक अनुदानको व्यवस्था गरेर गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारसँगै विद्यालय समायोजनको काम शुरु गरेको नौमूले गाउँपालिकाका शिक्षा शाखाका प्रमुख झलक कोइरालाले बताउनुभयो ।

नौमूलेको पूर्वाधार विकासका लागि सात वर्षदेखि नमूना वस्ती विकास आयोजना कार्यक्रम लागू गरिएको छ । वस्ती विकासअन्तर्गतका कतिपय काम प्रभावकारी नभएको गुनासो स्थानीयले बारम्बार उठाउँदै आएका छन् ।

स्थानीय सरकारले अनुगमन र रेखदेखको जिम्मेवारीको दायरा बढाउँदै विकासमा सुशासन र पारदर्शिता कायम गर्न पनि स्थानीयवासीले सुझाव दिएका छन् । नौमूले गाउँपालिकामा रहेका मनोरम दृश्यावलोकन गर्न पनि अहिले सयौँ पर्यटक यहाँ पुग्न थालेका छन् ।– रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com