ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय परिसरमै भएका घाइते शिक्षक बेपत्ता


एबीसी न्यूज
भाद्र २९, २०७५ शुक्रबार  ५ : १० बजे

रुकुम पूर्व, २९ भाद्र ।  विद्यालय परिसरमै कुटपिटमा परि घाइते हुनुभएका रुकुम पूर्वका एक शिक्षक बेपत्ता हुनुभएको छ । गएको साउन ३१ गते कुटपिटपछि घाइते बनाइएका शिक्षकको फोटो परिवारले सार्वजनिक गरेर उहाँ हालसम्म बेपत्ता भएको जनाएको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिका –२, आधारभूत विद्यालय पेल्मा मैकोेटमा अध्यापन गराइरहेका शिक्षक मखन केसी बेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ । बेपत्ता केसीको खोजी गरिदिन प्रशासन तथा अन्य सरोकारवालाहरुलाई परिवारले आग्रह गरेका छन् ।

केसीका दाइ मोहनबहादुरले भाइलाई कुटपिट गरी बेपत्ता पारिएको बताउनुभयो । उहाँले गत साउन ३१ गते भाइ विद्यालयमै कुटिएको र पछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि ल्याइएको बेला खिचिएको फोटो सार्वजनिक गर्दै भाइको अवस्था अज्ञात रहेको बताउनु भयो ।

गएको साउन ३१ गते कुटपिट गरी भदौ १२ गतेदेखि केसीलाई बेपत्ता पारिएको मोहनबाहदुरले बताउनुभयो । २४ वर्ष त्यही विद्यालयमा अध्यापनरत शिक्षकमाथि मरणासन्न हुनेगरी कुटिँदा र बेपत्ता पारिँदासम्म वडा सरकार र विद्यालयको उदासीनता र मौनता रहँदा अपराधीलाई संरक्षण भइरहेको परिवारको आरोप छ ।

रुकुम पूर्वको सिस्ने गाँउपालिका –६, स्थायी घर भई पुथाउत्तरगंगा गाँउपालिकाको आधारभूत विद्यालय पेल्मा मैकोटमा कार्यरत मखन केसीलाई विद्यालय परिसरमा गएको साउन ३१ गते कुटपिट गरिएको र भदौ १२ गतेदेखि बेपत्ता भएको परिवारको दावी छ । घटना घटेको यति समय बित्दासमेत स्थानीय प्रशासनले तदारुकता नदेखाएकोमा परिवारको दुखेसो छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बेपत्ता शिक्षकको खोजी कार्य तीव्र बनाइएको बताउनु भयो । उहाले घटनाबारे  अनुसन्धान भइरहेको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com