ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली हार्पीक बनाउने गिरोह पत्ता लाग्यो


sharan sharan
भाद्र २५, २०७५ सोमबार   १ : ०८   बजे

बुटवल, २५ भाद्र ।
हुबहु नक्कल गरेर नक्कली सामान बेच्ने गिरोहलाई रुपन्देही प्रहरीले पत्ता लगाएको छ । नेपाली बजारमा बर्षौदेखि बिक्रिबितरण हुदै आएको हार्पीक ब्राण्डको सामाग्रीको नक्कल गरि उत्पादन गर्ने कम्पनिका प्रतिनिधी सहीत ठूलो परिमाणमा नक्कली हार्पीक समेत पप्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गीयाले नक्कली हार्पिक बजारमा बेच्दै गरेको अवस्थामा आईतबार गाडी सहित एक जनालाई पक्राउ गरेको थियो । बा.१४ च ९६१२ नम्बरको गाडी सहित मकवानपुरी गाउपालिका ६ मकवानपुरका २२ वर्षिय सुमन प्रसाद सापकोटालाइ शनिबार पक्राउ गरेको थियो । सापकोटाले मुर्गियामा रहेको बेलवासे किराना पसलमा नक्कली हार्पिकलाइ सक्कली हार्पिक भनेर पसलमा बेच्दै गर्दा व्यापारीलाई संका लागेपछि प्रहरीलाई खबर गरेको पसल संचालन शोभाखर बेलबासेले बताए ।
गण्डकी केमिकल्स प्रा.लि काठमाडौंको चलानी लिएर सामान बेच्न हिडेका सापकोटाले काठमाडौं बाट ५४० पिस हार्पिक लिएर आएको चलानीमा देखिए पनि प्रहरीले २२८ पिस हार्पिक मात्र फेला पारेको इलाका प्रहरी कार्यालय रंयौराका प्रहरी निरीक्षक केशब बहादुर बस्नेतले बताए । फेला पारेको नक्कली हार्पिकलाइ प्रहरीले नियन्त्रण गरेको छ ।
गण्डकी केमिकल्स प्रा.लिले कम्पनी रजिस्टार कार्यालयमा दर्ता गरेको फर्मबाट के सामान उत्पादन गर्ने हो त्यो उल्लेख नगरेको प्रहरीले जनाएको छ । कम्पनिले बजारबाट हार्पीकका पुरानो बोटल ल्याई त्यसमा नक्कली हार्पिक हाली बजारमा बेच्ने गरेको समेत खुलासा भएको छ । भारतमा निर्मीत हार्पीकको उत्पादक रेकेट बेन्काईजर ईण्डीया लिमीटेडले २०४२ साल देखि नेपालमा ट्रेडमार्क दर्ता गर्दै बिक्री गर्दै आएको छ । नक्कली सामान उत्पादन गर्ने ब्यवसायीलाई उपभोक्ता संरक्षण ऐन तथा नक्कली उत्पादन गर्ने किर्ते ऐन अनुसार कारवाहि गर्न हार्पीकका बुटवलका अधिकृत बिक्रेता युवराज आचार्यले माग गरे ।
लामो समय देखि नक्कली हार्पिक बजारमा बिक्रि हुदै आएको थाहा पाएपछि अनुगमन गर्दै हेडेको आर बि आइ कम्पनीका प्रतिनिधि चन्द्रकान्त आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group