ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेल्पलाइनबाट बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित


एबीसी न्यूज
भाद्र २४, २०७५ आईतबार  ३ : ४३ बजे

चितवन , २४ भाद्र । बाल हेल्पलाइन नेपालबाट चालू आर्थिक वर्षको हालसम्ममा १९५ जना बालबालिका प्रत्यक्ष रूपमा  लाभान्वित भएका छन् । दियालो परिवारद्वारा यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा दैनिक १२ घन्टे बाल हेल्पलाइन सेवाबाट १९५ जना बालबालिका सेवाबाट लाभान्वित भएको संस्थाले दाबी गरेको हो । सोही कार्यबाट ४३ जना बालबालिका लाई मनोसामाजिक मनोविमर्श प्रदान गरिएको दियालो परिवारका अध्यक्ष केदारनाथ खनालले जानकारी दिए । यस्तै, हराएका ६ जना बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराउन सफल भएको उनले बताए ।

गत वर्ष भदौ २३ देखि हालसम्मको तथ्यांक हेर्दा ४५७ जना बालबालिकाहरुलाई जोखिमपूर्ण अवस्थाबाट उद्धार र संरक्षण प्रदान गर्दै आएको दियालो परिवारका पूर्वअध्यक्ष बद्री अधिकारीले जानकारी दिए । उनका अनुसार २२२ जना बालबालिकालाई भने जोखिमपूर्ण अवस्थाबाट उद्धार र संरक्षण गरी पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ । यस्तै, सोही समयावधिमा मनोसामाजिक समस्या देखा परेका ५२९ जना बालबालिकालाई मनोविमर्श सेवा प्रदान गरिएको उनले बताए ।

२०६७ सालको भदौ २३ गतेबाट सुरू गरिएको बाल हेल्पलाइन नेपाल १०९८ प्रभावकारी बन्दै गएको उनको भनाइ छ । ‘आपतमा परेका बालबालिकाका लागि काम गर्ने संस्था भएकोले पनि त्यस्ता खालका बालबालिकाका लागि यो सेवा अत्यन्तै प्रभावकारी भएको छ’, उनले भने, ‘भावी दिनहरुमा यसलाई अझ प्रभावकारी बनाउने हाम्रो योजना छ ।’ नेपाल सरकारबाट पनि निरन्तर सहयोग पाइरहेकोले काम गर्न सहज भएको उनले बताए । पछिल्लो समय बालबालिकामाथि हुने गरेका हिंसात्मक गतिविधि कम गर्नका लागि पनि यो सेवा निकै प्रभावकारी भएको उनको भनाइ छ ।

विभिन्न खालका चुनौतीका बाबजुद पनि काम गर्न सफल भएको भन्दै आगामी दिनमा सबै वर्ग र तहबाट साथ र सहयोग पाए अझ सहज हुने दियालो परिवारले अपेक्षा लिएको छ । यसका लागि विद्यालयस्तरबाटै बालबालिकाको हितका लागि विभिन्न खालका कार्यक्रम आयोजना गरेर जनचेतना फैलाउन सके काम गर्न धेरै सहज हुने अन्य सरोकारवाला निकायले जनाएको छ । ‘सबैभन्दा ठूलो कुरा बालबालिकालाई विद्यालयबाहिर रहनबाट बचाउन सक्नुपर्छ’, शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख दीपेन्द्र सुवेदीले भने, ‘त्यसका लागि यही शैक्षिक सत्रबाट अभियानका रुपमा सुरू गरेको विद्यार्थी भर्ना अभियानले पनि सकारात्मक भूमिका खेलेको छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com