ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोजमा


bhawani desk
भाद्र २४, २०७५ आईतबार  ३ : ४९ बजे

काठमाडौं,२४ भाद्र । नेपाल दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोज १६ देखि पोखरामा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मेघबहादुर कामीले नयाँ नेतृत्व चयन तथा राष्ट्रिय र अन्य विषयमा छलफल गर्नका लागि असोज १६ देखि १८ गतेसम्म भेला आयोजना गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले दलितका विषय उठाएर ठूला राजनीतिक दल सत्तामा पुगे पनि दलितले परिवर्तनको कुनै अनुभूति पाउन नसकेकाले भेला दलितका अधिकारप्रति केन्द्रित हुने बताउनुभयो ।

भेलाले मानवतावादी सिद्धान्तलाई लागू गर्न सरकारलाई दवाव दिने र अहिले भइरहेका बलात्कारका घटनाबारे विशेष प्रस्ताव पारित गर्ने उहाँले बताउनुभयो ।

प्रत्येक तीन तीन वर्षमा हुने भेलाले ३३ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने सचिव महेश तिरुवाले जानकारी दिनुभयो ।

भेलामा करीब ५०० प्रतिनिधिको सहभागिता हुनेछ । विसं २०६९ मा स्थापना भएको पार्टीले ‘मानवता, श्रमिक, समानता र लोकतन्त्र’ विषयमा आवाज उठाउँदै आएको छ । गत वर्ष सङ्घ र प्रदेश तहको निर्वाचनमा उक्त पार्टीले १० जिल्लाबाट उम्मेदवारी दिएको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com