ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामधुनीलाई रामायण परिपथमा जोड्न पहल


एबीसी न्यूज

धरान, २२ भाद्र ।  भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले उक्त परिपथको अवधारणा ल्याएकामा गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउनुभएका बखत त्यसमा जनकपुरलाई जोडिने घोषणा गरिए पनि रामधुनीबारे उल्लेख गरिएको थिएन ।

उक्त परिपथमा रामधुनीलाई पनि समावेश पर्नुपर्ने विभिन्न आधारसहित मन्दिर व्यस्थापन समितिका अध्यक्ष डिल्ली कार्की नेतृत्वको टोली भारतको उत्तर प्रदेशको राजधानी लखनऊ पुगी मुख्यमन्त्री आदित्यनाथलाई ज्ञापनपत्र बुझाउनुका साथै काठमाडाँैस्थित भारतीय दूतावास, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलाई पनि जानकारी गराइसको छ ।

गत भदौको पहिलो साता उत्तर प्रदेश पुगेर रामधुनीको इतिहासका साथै त्रेता युगमा बालिएको धुनी अझै बलिरहेको भन्ने सुनाउँदा मुख्यमन्त्री आश्चर्यमा पर्नुभएको कार्कीले बताउनुभयो । नेपाल सरकारबाट रामधुनीलाई पनि उक्त परिपथमा समावेश गर्नुपर्ने भन्ने पत्र पाए गर्न सकिने मुख्यमन्त्री आदित्यले जवाफ दिनुभएको अध्यक्ष कार्कीले बताउनुभयो ।

समितिका तर्फबाट रामधुनी नगरपालिका, प्रदेश सरकार र प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालयमा समेत सिफारिशका लागि आग्रह गरिएकामा पर्यटन विभागका सहसचिव भरत सुवेदीले यस विषयमा विज्ञ टोली गठन गरेर अध्ययन गरिने जवाफ दिनुभएको उहाँले बताउनुभयो ।

त्रेता युगमा रामचन्द्र वनवासका क्रममा एक रात रामधुनी क्षेत्रमा धुनी बालेर बसेको पौराणिक मान्यता रहेको जानकारहरूको भनाइ छ । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई जोडेर उक्त परिपथको अवधारणा तयार पारेको र त्यसलाई जनकपुरसम्म ल्याएर नेपाल जोडिने गत वैशाखमा भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको थियो ।

उहाँले सन् २०१४ मा गर्नुभएको नेपाल भ्रमणमा जनकपुर र अयोध्यालाई जोड्न ‘ट्विन सिटी एग्रिमेन्ट’ गरिएको थियो । जनकपुर–अयोध्या दूरी ६५० किमी पर्दछ । जनकपुरदेखि रामधुनी करीब १५० किमी पर्दछ । भारतले सोही एग्रिमेन्टलाई सो परिपथ अन्तर्गत विस्तार गर्न लागेको र त्यसमा उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभङ्गा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बङ्गालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलङ्गानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई अयोध्या सर्किटमा जोडने योजना बनाइएको छ । भारतका यी धार्मिक शहरसँग जनकपुर र रामधुनी जोडिए धार्मिक पर्यटनको विकास गर्न सकिने रामधुनी नगरपालिका–५ का वडाध्यक्ष डेटराज फुँयालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com