ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेसलाई असर पार्ने ‘फौजदारी’ संहिताका बुँदा संशोधन गर्न माग


एबीसी न्यूज
भाद्र २०, २०७५ बुधबार  ६ : १६ बजे

 

काठमाडौँ, २० भाद्र । नेपाल पत्रकार महासङ्घ काठमाडाँै शाखाले मुलुकी ‘फौजदारी’ संहिता ऐन २०७४ को केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने देखिएको भन्दै संशोधन गर्न माग गरेको छ ।

महासङ्घको काठमाडौ शाखाले संशोधनको माग गर्दै आज जिल्ला प्रशासन कार्यालयकामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्रीलाई महासङ्घका शाखा अध्यक्ष शन्तराम विडारीले संशोधनका लागि १० बुँदासहित पूर्ण प्रेसमैत्री बनाउन माग गर्दै ज्ञापनपत्र बुझाउनुभयो ।

अध्यक्ष विडारीले मुलुकी फौजदारी संहिता ऐन, २०७४ का विभिन्न दफाका प्रावधानले सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा सञ्चारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएकाले संशोधनसहित ज्ञापन बुझाइएको बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले लोकतन्त्रको मूल्य मान्यता नै प्रेस स्वतन्त्रता भएकाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभयो । ज्ञापनपत्रमा ऐनको दफा ४९ को उपदफा ४ र दफा ७० (१) को व्यवस्थाले प्रेस स्वतन्त्रतामा असर पारेको उल्लेख छ ।

यसैगरी संहिताको भाग ३ अन्तर्गत वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुरका दफा २९१ देखि दफा ३०२ सम्मका व्यवस्थाले स्वतन्त्र पत्रकारितामै लगाम लगाउन सक्ने खतरा देखिएकाले संशोधन गर्नुपर्ने, दफा ३०५ मा कसैलाई गाली गर्न नहुने र दफा ३०६ मा बेइज्जति गर्न नहुने प्रावधान पनि सञ्चारमाध्यम र सञ्चारकर्मीविरुद्ध प्रयोग हुनसक्ने देखिकाले संशोधन गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा सञ्चारमाध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुरमा नभइ देवानी कसुरमा राख्नुपर्ने माग गरिएको छ ।

बनेपा–पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले प्रधानमन्त्रीसमक्ष पु¥याउनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदा तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

आज महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकारको उपस्थितिमा बुझाएको पत्रमा पत्रकार र सञ्चार माध्यमका लागि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का केही प्रावधान जटिल र प्रेस स्वतन्त्रता विरोधी भएको नेपाल पत्रकार महासङ्घको ठहर रहेको उल्लेख गरिएको छ ।

मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानलाई हेर्दा सञ्चारमाध्यममा प्रकाशित प्रसारित सामग्रीकै आधारमा सञ्चारकर्मीमाथि गम्भीर अभियोग लाग्नसक्ने अवस्था देखिएको भन्दै महासङ्घले तत्काल सो सम्बन्धिका बुँदा संशोधन गर्नुपर्ने माग गरेको छ ।

“सो ऐनका कुनै पनि दफामा सञ्चारमाध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा यो ऐनका प्रावधान लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चारमाध्यमसम्बन्धी छुट्टै ऐनमा समेत यस ऐनमा उल्लेखित विषयका सन्दर्भमा कुनै प्रावधान नै नराखिएकाले यो ऐनबाट सञ्चारमाध्यम र पत्रकार पीडित बन्नसक्ने अवस्था देखिन्छ”, ज्ञापनमा उल्लेख छ ।

भक्तपुर–नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने बुँदा तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन सरकारसँग माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरमार्फत नेपाल सरकार र मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानअनुसार सञ्चार माध्यममा प्रकाशित÷प्रसारित सामग्रिकै आधारमा सञ्चारकर्मीमाथि गम्भीर अभियोग लाग्नसक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गर्नुभयो ।

उहाँले ऐनका कुनै पनि दफामा सञ्चारमाध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा यो ऐनका प्रावधान लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चारमाध्यमसम्बन्धी छुट्टै ऐनमा समेत यस विषयमा कुनै प्रावधान नै नराखिएकाले यो ऐनबाट सञ्चारमाध्यम र पत्रकार पीडित बन्नसक्ने अवस्था देखिएको ठहर गरेको छ ।

शाखाअन्तर्गत रहेका पत्रकार, पार्सद्, उपत्यकाका सचिव अमर भुजु, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष पेशल आचार्य, रफतक्लबका अध्यक्ष सुशीलबन्धु थापा लगायतको सहभागिता थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण भट्टले ज्ञापनपत्र आजै सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com