ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब अमेरिका आउने १०५ देशका नागरिक कडा जाँचमा पर्ने


abc news
असार १६, २०७४ शुक्रबार  १ : १९ बजे

अमेरिकाले अमेरिका आउने विमानका यात्रुहरुको जाँचबुझको मापदण्डमा बुधबारदेखि अझ कडाई गरेको छ । ८ वटा मुस्लिम बाहुल्य देशहुँदै अमेरिका आउने विमानमा यात्रुहरुलाई ह्याण्डक्यारीमा ल्यापटप ल्याउनमा लगाइएको प्रतिबन्ध कायम राख्दै थप कडा जाँचबुझ थपिएको हो ।

गत मार्चमा विभिन्न ८ वटा मुस्लिम बाहुल्यदेशहुँदै अमेरिकामा आउने यात्रुहरुले आफ्नो साथमा रहने ह्याण्डक्यारीमा ल्यापटप जस्ता सामाग्रीहरु ल्याउनमा प्रतिबन्ध लगाइएको थियो । नयाँ मापदण्ड अनुशार अब विश्वका १०५ वटा देशबाट अमेरिका आउने यात्रुहरुका ल्यापटप, मोबाइल, क्यामेरा जस्ता सामाग्रीहरुको कडा जाँच गरिनेछ । ती देशबाट आउने यात्रुहरुलाई पनि छानविनका लागि नयाँ र कडा मापदण्ड बनाइएको छ ।

नयाँ मापदण्ड अनुशार यात्रु र विद्युतीय उपकरणको छानविनमा कडाईमात्र गरिएको छैन, एयरक्राफ्ट र यात्रुका क्षेत्रमा सुरक्षा प्रोटोकल बढाइएको छ । नयाँ मापदण्ड अनुशार कुकुरमार्फत गरिने जाँचबुझ पनि कडा बनाइएको छ ।

बुधबारदेखि लागु नयाँ नियमबाट विभिन्न १०५ देशका २८० विमानस्थलबाट १८० एयरलाइन्सहुँदै अमेरिका आउनेहरु प्रभावित हुनेछन् । ती देशहरुबाट औषतमा हरेक दिन २१ सय उडान हुने गरेको र ३ लाख २५ हजार यात्रु अमेरिका आउने गरेको अमेरिकी सरकारले जनाएको छ ।

आतंकवादी समुहहरुले लगातार विमानबाट यात्रा गर्नेहरुलाई निशाना बनाइरहेको सुचनाका आधारमा सुरक्षा प्रबन्ध बढाउन यसो गरिएको अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले जनाएका छन् ।

यसअगाडिको विद्युतीय सामाग्री प्रतिबन्धबारेको नियममा टर्की, मोरक्को, जोर्डन, इजिप्ट, युएई, कतार, साउदी अरेयिबा र कुवेतहुँदै अमेरिका आउने यात्रुहरुलाई स्मार्टफोनभन्दा ठूला उपकरण क्याबिनमा बोक्न प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com