
काठमाडौं, १५ भाद्र । एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरोले १० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिकउत्सव कार्यक्रममा हाम्रो नेपाल, उज्यालो नेपालका विषयमा वृह्त अन्र्तक्रिया तथा सम्मान कार्यक्रमका साथ मनाईएको हो ।
टेलिभिजनको १० औ वार्षिकोत्सवको अवसरमा आयोजना भएको विशेष कार्यक्रममा पोखराका विभिन्न ब्यक्ति तथा सामाजिक संस्थाहरुलाई सम्मान गरेको छ । सम्मानित हुने व्यक्ति तथा सस्थालाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा, एबीसी टेलिभिजनका अध्यक्ष तथा मिडिया सोशाइटी नेपालका अध्यक्ष शुभ शंकर कंडेलले संयुक्त रुपमा सम्मान गरेका छन् । पोखराको माउण्टकैलाश रिसोर्टमा आयोजना भएको विशेष कार्यक्रममा युनाइटेड क्लव पोखरा, मुक्तिनाथ बिकास बैङक, युवा उद्यमी माइकल कर्माचार्य, पर्यटन ब्यवशायी नरेश भट्टराइ र सुन्दर कुमार श्रेष्ठ, सांस्कृतिक अभियनता मेनकाजी गुरुङ, नागरिक अभियनता वरिष्ठ अधिवक्ता तिलक पराजुली र सामाजिक अभियनता हिरु पुन र समाजसेवी मीना गुरुङ सम्मानित भएका हुन ।
वृह्त अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनमा १२, १५ घण्टा लोडसेडिङ हुने हाम्रो मुलक २ वर्ष यता देश लोडसेटिगं मुक्त भएको बताए । अहिले केहि बेर लाइन काटिदा लोडसेडिङ भयो भन्ने मानसिकता मानिसमा व्यप्त भएको तर एउटै पोलमा ४ वटा सर्किट भएकाले, एउटामा समस्या आउदा सवै लाईन काटेर मर्मत गर्नु पर्ने, जिर्ण बन्दै गएको पोल हरु लडदा लाइन जाने जस्ता प्राविधिक कारणलाई लोडसेडिङ भन्न नमिल्ने निर्देशक घिसिङले बताए ।
अब चाडै आवश्यक प्रविध ल्याई प्राविधिक समस्याहरु पनि समधान गर्ने उनले बताउनु बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशलाई उज्यालो प्रदेशमा बनाउने र तीन हजार मेगावट विद्युत विस्तार गर्ने योजना बताउदै राज्यले प्रदेश सरकारलाई विभेद गरेको बताए । शैन्य अधिकार, करका कुरा, बजेट योजना जस्ता पक्षमा प्रदेश सरकारलाई विभेद गरेको तर देशको विकास, आर्थिक सम्बृद्धि चाहाने हो भने संघले प्रदेशलाई अधिकार दिनुपर्ने मुख्यमन्त्री सुब्बा गुरुङल जिकिर गरे ।
१० औं वार्षिकोत्सव कार्यक्रमा एबिसि टेलिभिजनका रु, एबीसी टेलिभिजनका अध्यक्ष तथा मिडिया सोशाइटी नेपालका अध्यक्ष शुभ शंकर कंडेलल एबिसिले विभिन्न राजनीतिक परिस्थितिका आधिवेरी पन्छ्याउदै गाउ“, शहर बिउझ्याउन, वास्तविक सुचना जनतालाई पु¥याउन निरन्तर लागि परेको बताउनु भयो । तर अहिले मिडियालाई तर्साउने कानुन बनेको त्यसले ठुलो खतरा उब्जेको र त्यसलाई संसोधन गर्नुपर्ने भनिएपनि ढिलाई भएको उहा“ले बताउनु भयो । राजनीतिमा निक्कै फड्को मारेको हामी अब पहिला आर्थिक सम्बृद्धिको, उद्योग , जनशक्तिलाई विकास गर्नु पर्ने, पुरानो प्रवृति बदलनुपर्ने र आर्थिक सम्बृद्धिको बाटोमा लागनु पर्ने अध्यक्ष कडेलले बताए ।







प्रतिक्रिया दिनुहोस्