
काठमाडौं, १४ भाद्र । आज विहीवारबाट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन हुँदै छ । शिखर सम्मेलन आज र भोली शुक्रवार सम्म चल्लने सम्मेलनमा सात राष्ट्रका राष्ट्रप्रमुखहरुको सहभागिता रहेको छ ।
सम्मेलनको बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयको कार्यक्रम–तालिकाअनुसार प्रधानमन्त्री ओलीले उद्घाटसँगै २२ मिनेट मन्तव्य दिनेहुने छ । त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।







प्रतिक्रिया दिनुहोस्