
काठमाडौं १३ं भाद्र । बिमस्टेक चौथो शिखर सम्मेलनका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि जोर बिजोर प्रणालीअनुसार यातायात सञ्चालन गराएको छ।
यही बिहीवार र शुक्रवार हुन लागेको बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले तीन दिनका लागि राजधानीका सडकमा जोर-बिजोर प्रणाली लागू गरेको हो ।

आज प्लेट नम्बरको अन्तिक अंक बिजोर अंक भएका सवारीसाधन मात्र सञ्चालन गर्न पाइने भएकाले यात्रुहरू समस्यामा परेका छन् ।
बुधवार बिजोर नम्बरका सवारी मात्रै गुड्न दिइएपछि यात्रुहरू सीमित सवारी साधनमा कोचिएर यात्रा गर्न बाध्य भएका छन् ।
ठाउँ ठाउँमा चेकजाँचसमेत कडाइ गरिएको छ भने ट्राफिक जाम पनि उत्तिकै बढेरहेको छ।







प्रतिक्रिया दिनुहोस्