ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

(विमस्टेक) को चौथो शिखर सम्मेलनमा को को आउदै , के छ सुरक्षा अवस्था ?


एबीसी न्यूज
भाद्र ८, २०७५ शुक्रबार  ३ : १९ बजे

काठमाडौ, ८ भाद्र । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन यहि भाद्र १४ र १५ गते काठमाडांैमा सुरु हुदै छ । विमस्टेक स्थापनाको २१ वर्ष पुगेको छ भने यही वर्ष यसको शिखर सम्मेलन गर्ने दायित्व नेपालले पाएको छ ।

विमस्टेकको स्थापना सन् १९९७ मा वंगलादेश, भारत, श्रीलंका र थाइल्याण्डले गरेका थिए र त्यही बर्ष नै म्यानमार पनि यसको सदस्य भएको थियो । सन् २००४ मा भुटान र नेपाल पनि यसको सदस्य भएपछि अहिलेको विमस्टेकको नाम वनेको हो ।
सरकारले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) मा आउने बिशिष्ठ पाहुनाहरुका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरिरहेका सवारी साधनहरु उपलब्ध गराउने भएको छ।

सवारीसाधन र सुरक्षा व्यवस्थापनको जिम्मेबारी पाएको गृहमन्त्रालयले सरकार मातहत रहेका सवारी साधनहरुको लगत निकालेपछि राष्ट्रपति र प्रधानमन्त्रीले प्रयोग गर्दै आएको सवारीसाधन सम्मेलन अवधिभर विदेशी पाहुनाका लागि प्रयोग गर्ने भएको हो।
बिमस्टेकमा सहभागी हुन सात राष्ट्रका प्रमुख र सरकार प्रमुख परिवारसहित १३ भदौमा नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारबाट राष्ट्रपति विन मिन्ट, थाईल्याण्डबाट प्रधानमन्त्री प्रयुत चा ओ चा नेपाल आउने तय भइसकेको छ।
यसैगरी भुटानबाट प्रधानन्यायाधीश छिरिङ वाङ्चुक, बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाबाट राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागिता जनाउनेछन्।

बिमस्टेकमा आउने सात राष्ट्रका प्रमुख, उनको परिवारका सदस्य, मन्त्री र सचिवसम्मलाई बेग्लाबेग्लै सवारीसाधन उपलब्ध हुनेछ।
यसका लागि मन्त्रालयले सेना, प्रहरी र यातायात मन्त्रालयका प्रतिनिधि सम्मिलित विज्ञ समुहलाई उपलब्ध गाडीको अवस्था अध्ययनको जिम्मेबारी दिएको थियो।

उनीहरुको सुझावका आधारमा राष्ट्र प्रमुख, सरकार प्रमुखका कार्यालय, मन्त्रालय, विभाग तथा आयोजना र परियोजनामा रहेका सवारी साधनको लगत निकालेर त्यसको जाँचसमेत गरिसकिएको छ।

सम्मेलनलाई आवश्यक पर्ने बुलेटप्रुफ बाहेकका सवारी साधन देशभित्रै खोजी गरेर प्रयोग भएको छ ।
‘मुलुकले आयोजना गरेको शिखर सम्मेलन भएकाले भएका स्रोत–साधनको अधिकतम उपयोग गरेर ,बुलेटप्रुफ मझौला र एम्बुलेन्स भने भाडामा लिएर कारगेट चलाउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बताए ।

सुरक्षा योजना पुरा
बिमस्टेक सुरक्षाका लागि चारै सुरक्षा अंगको सहभागिता सहितको प्रारम्भिक सुरक्षा योजना तयार भएको छ। शिखर सम्मेलन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सहभागिता सहितको सुरक्षा योजना बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पारित गरेका हुन।

गृह स्रोतका अनुसार नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनको सुरक्षा योजनालाई आधार बनाएर बिमस्टेक सम्मेलनको सुरक्षा योजना बनेको छ। बिमस्टेक सुरक्षाको कमाण्ड गृहमन्त्रालयले सम्हाल्ने गरी सुरक्षाकर्मी परिचालन, सूचना संकलन, आपतकालिन उद्दार र कारवाहीसम्मको तयारी भएको छ।

‘सुरक्षाको एउटा फ्रेम तयार भइसकेको छ, तर यसमा अवस्था अनुसार फेरबदलपनि हुनसक्छ’, गृहस्रोतले भन्यो।
गृहबाट बिमस्टेक तयारी समितिको नेतृत्व गरिरहेका सहसचिव सुवेदीले हाललाई काठमाडौँ उपत्यकाका तीनै जिल्ला र रुपन्देहीलाई आधार बनाएर योजना बनाइएको बताए। उनका अनुसार बिमस्टेकमा आउने पाहुनाले चाहेमा लुम्बिनी समेत घुमाउन सकिने गरी सुरक्षा योजना बनाइएको छ।

‘बैठकमा बौद्ध धर्ममा आस्था राख्ने देशका बिशिष्ठ पाहुना समेत सहभागी हुनुहुन्छ।’ सुवेदीले भने, ‘चाहनु भएमा उहाँहरुलाई लुम्बिनी लैजान समेत तयार छौँ।’ पाहुनाको सुरक्षाकोलागि सेनाका महासेनानी, प्रहरीका एसएसपी, सशस्त्रका उपत्यका पृतनाका एसपी, अनुसन्धान अधिकारी र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गोकर्ण फरेष्ट रिर्सोट, ह्यात रिजेन्सी होटल र होटल सोल्टीको अवलोकन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com