ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुर बालिका बलात्कार प्रकरण : ९ वर्ष जेल बसेका व्यक्ति पक्राउ


एबीसी न्यूज
भाद्र ४, २०७५ सोमबार  ८ : ०५ बजे


कञ्चनपुर, ४ भाद्र । १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १९ का दिलिपसिंह बिष्ट रहेको प्रहरीले जनाएको छ ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । साउन १० गते बेपत्ता भएकी बालिका पन्तलाई बिष्टले बलात्कारपछि हत्या गरेको प्रहरीको दावी छ ।

पन्तको शव ११ गते घर नजिकैको उखुबारीमा भेटिएको थियो । पक्राउ परेका बिष्ट दिदी नाता पर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा ९ वर्ष जेल सजाय पाइसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । बिष्टले परिवारका महिलामाथि पनि जवरजस्ती करणीको प्रयास गर्ने गरेको परिवारलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । बिष्टले गाँजा र मादक पदार्थ सेवन गर्ने गरेको, परिवारकै महिला सदस्यलाई पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको, बाटोमा महिलालाई देख्दा अश्लील हर्कत गर्ने गरेको, जिल्ला कारागारमा आएर माग्ने गरेको र घरमा बाहिरै सुत्ने गरेको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

आफू एक पटक जेल बसेर आएको र फेरि सबैलाई मारेर जेल जान्छु भन्ने गरेका कारण परिवारमा समेत कुनबेला के घटना घटाउने हो भन्ने त्रास समेत रहेको अवस्थामा निर्मलाको हत्या हुन पुगेको प्रहरीले जनाएको छ । आफन्तलाई धम्की दिदै एकपटक जेलको सजाय भोगेकाले फेरि पनि सबैको हत्या गरी जेल जान आफू तयार रहेको बताएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com