
काठमाडौं, ४ भाद्र । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।
घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले पुष्टि गरे ।
पन्तको बलात्कारपछि हत्या भएको घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआर्इ बी) ले अनुसन्धान थालेको गरेको थियो । स्थानीय प्रहरीलाई अनुसन्धानमा समन्वय गर्न ब्युरोबाट गएको डिएसपी अंगुर जिसी नेतृत्वमा टोली कन्चनपुर पुगेको थियो ।
प्रतिनिधि सभा बैठकमा सांसदहरूले पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका थिए। बालिका बलात्कारको घटनालाई लिएर संसदमा पनि सावैजानिक महत्वको प्रस्ताव दर्ता गरिएको थियो । निर्मला पन्तको शव भीमदत्तनगर ३ को उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो।







प्रतिक्रिया दिनुहोस्