ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोशी किनारमा सत्ययुग बोलाउँदै गुरुकुल


bhawani desk

काठमाडौं ,३ भाद्र । नेपाली समाजमा जुन विषय पढेको हो, त्यही अनुसार नै रोजगारी गर्नुपर्छ भन्ने धारणालाई चिर्दै रामेछापका रामचन्द्र तिमल्सिनाले आफूले सिकेको ज्ञान अरुलाई पनि बाँड्नुपर्छ भन्ने उद्देश्यले काभ्रेपलाञ्चोक, सुनकोशी किनारमा कौशिकी वैदिक गुरुकुल सञ्चालन गर्दै आउनुभएको छ ।

विसं २०३४ मा बुवा ऋषिप्रसाद र आमा सुभद्राबाट जेठो सुपुत्रका रुपमा रामेछाप, लखनपुर गाविस २ स्थित सल्लेनीमा जन्मनुभएका तिमल्सिना विसं २०४४मा काठमाडौँको गौरीघाटस्थित सोम सरला वेदविद्याश्रममा भर्ना हुनुभयो ।

शुरुमा बुवाको इच्छाबाट वेदको पठनपाठन शुरु गर्नुभए पनि पछि यसमा नै उहाँको रुचि बढ्दै गयो । “पण्डित परिवारमा जन्मेकाले बुवाको चाहना छोरालाई वेद पढाएर आफ्नो काम सम्हालोस् भन्ने नै थियो”, तिमल्सिनाले भन्नुभयो ।

सोही विद्याश्रममा दुई वर्षको अध्ययनपछि तिमल्सिनाले काठमाडौँकै गौशालास्थित वेद विद्याश्रममा २०४६ मा भर्ना भई अध्ययनलाई निरन्तरता दिन थाल्नुभयो । तीक्ष्ण दिमागका उहाँले सधैं प्रथम स्थान हासिल गर्दै विसं २०५२ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो ।

भाइबहिनी सानै भएकाले अध्ययन गर्दागर्दै पारिवारिक समस्याले पनि सताउन थालेपछि परिवारको दवावमा उहाँले २०५२ मा विवाह गर्नुभयो । ‘विवाह गरे मात्र पढाइलाई निरन्तरता दिन पाउने’ भन्ने उहाँको परिवारको भनाइ थियो । विवाहपछि पढाइलाई निरन्तरता दिन थालिएको बताउँदै उहाँ थप्नुहुन्छ, “मानिसमा अन्तरइच्छा छ भने केहीले पनि रोक्दैन ।

” उहाँको १७ वर्षकै उमेरमा विवाह भएको थियो । उहाँले २०५३ सालमा उत्तरमध्यमा(कक्षा १२), २०५६ सालमा शास्त्री(स्नातक) र २०६८ सालमा आचार्य तहको शिक्षा वाल्मीकि विद्यापीठबाट पूरा गर्नुभएको छ । तिमल्सिना गाउँकै पहिलो वेदसम्बन्धी अध्ययन गर्ने विद्यार्थी हुनुहुन्थ्यो । उक्त समयमा कुनै पनि पण्डितले वेदसम्बन्धी अध्ययन गरेर पण्डित्याइँ गर्ने चलन थिएन । उहाँपछि नै त्यहाँका अन्यले पनि वेद पढ्न थालेका थिए ।

उहाँले अध्ययन पूरा गरिसकेपछि समाजमा वेदको ज्ञान बाँड्नुपर्छ भन्ने अनुभूति हुन थाल्यो । त्यसका लागि वेद आश्रम खोल्ने सोचाइ उहाँमा आयो । संस्कृत भाषा र वेद निकै पुराना हुन् । वेदमा वैज्ञानिक आधार पनि छ । वेदमा उल्लेख भएअनुसार जडीबुटीबाट बनाइएको आयुर्वेदिक औषधि अहिलेका रसायन मिसाइएका औषधिभन्दा प्रभावकारी मानिन्छ ।

परापूर्वककालमा विभिन्न ऋषिमुनिले आफ्नो आश्रममा विद्यार्थीलाई राखी वेद शिक्षा दिन शुरु भएदेखि नै शिक्षा प्रणालीको थालनी भएको मानिन्छ । अहिलेको आधुनिक शिक्षाभन्दा त्यतिबेला अध्ययन गरेको शिक्षालाई समाजले बढी मान्यता दिने गरेको थियो ।

अहिले विभिन्न विद्यालय तथा विश्वविद्यालयले दिने शिक्षा प्रणाली समाजमा राम्रो प्रतिफल दिने भन्दा पनि जागिर खानका लागि मात्र भएको अनुभव उहाँको छ । वेदमा नैतिक शिक्षालाई निकै महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

समाजमा नैतिक शिक्षा र प्राकृतिक सम्पदाको बचाउका लागि वेदले अग्रणी भूमिका खेल्ने मान्यताका साथ उहाँले वेद विद्याश्रम सञ्चालनका लागि उपयुक्त स्थानको खोजी गर्दैै जानुभयो ।

काभ्रे, भुम्लु गाउँपालिका–६, आँपटार भन्ने ठाउँ आफ्ना लागि उपयुक्त रहेको पत्ता लाग्यो । पछि वैदिक अनुसन्धान समिति, नेपालका नामबाट २०७२ सालमा दर्ता भई एउटा कार्यसमिति समेत बन्यो ।

त्यसमा तिमल्सिना स्वयं संस्थापक अध्यक्ष, उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा केशव कोइराला र कोषाध्यक्षमा विजया कँडेल चयन हुनुभयो । समिति दर्तापछि उहाँले पाँच रोपनी जग्गा खरीद गरी त्यहीँ सप्ताह लगाएर संकलित रु तीन लाखबाट बटुकहरुलाई अध्ययन गराउन भवन निर्माण गराउनुभयो ।

आश्रमका लागि आफूले रु १६ लाख लगानी गरी अन्यबाट आएको रकमबाट आश्रम सञ्चालन भएको तिमल्सिनाको भनाइ छ । हाल उक्त आश्रममा सात विद्यार्थीले निःशुल्क रुपमा अध्ययन गरिरहेका छन् ।

उहाँले आगामी दशैं अगावै नयाँ भवनको निर्माणका लागि काम थालिसक्नुभएको छ । वेद अन्य विषयजस्तो अध्ययन गर्न सजिलो हुँदैन । यसको अध्ययनका लागि तीक्ष्ण दिमागको पनि आवश्यकता पर्छ । त्यसका लागि सात्विक भोजनले महत्वपूर्ण भूमिका खेल्छ । आश्रममा एक गोठ बनेको छ र त्यहाँ बस्ने विद्यार्थीका लागि एउटा गाई पालिएको छ ।

आफैंँले उत्पादन गरेको खाद्य पदार्थबाट विद्यार्थीलाई खुवाउने उद्देश्य भए पनि जमीनको अभावका कारण बाहिरबाट किनेर नै खुवाइएको छ । आश्रमले खाली भएको सरकारी जग्गामा खेतीपाती गर्नका लागि भुम्लु गाउँपालिकासँग कुरा अगाडि बढाइरहेको छ ।

वेद विद्याश्रमका लागि सरकारले सहयोग गर्ने हो भने सामाजिक समस्याको अन्त्यका लागि पनि बाटो खुल्ने उहाँले बताउनुभयो ।

“नयाँ नयाँ प्रविधिको कारण पनि समाजमा विकृति झनै बढेको छ”, उहाँ थप्नुहुन्छ, “प्रविधिबाट छुट्कारा दिलाएर वेदसम्बन्धी ज्ञानको विकास गराउन सके मानिसले त्यसैबाट आनन्द लिन थाल्छ ।” उक्त आश्रमलाई भविष्यमा खुला वेद सङ्ग्रहालयका रुपमा चिनाउने लक्ष्य आश्रमले लिएको छ ।

आश्रम गुरुकुल पाठ्यक्रममा अंग्रेजी र गणित विषय पनि राखिने योजना छ । हाल नेपालमा एक सयभन्दा बढी गुरुकुल सञ्चालनमा भए पनि जडीबुटी विषय अध्ययन गर्ने उद्देश्यबाट सञ्चालन भएको यो पहिलो गुरुकुल भएको जिकिर गरिएको छ ।

गाईको संरक्षणको थालनी, ऋषिखेती (जैविक खेती प्रणाली), योग, ध्यान, वेदान्त चिन्तनस्थल एवम यज्ञशाला निर्माण, वेदका माध्यमबाट चरित्रवान् समाजको निर्माण आश्रमको प्रमुख विशेषता हो । आश्रमले सत्य युगको परिकल्पनासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com