ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल इञ्जिनीयरिङ शुरु गर्न दशैं महोत्सव


bhawani desk
भाद्र ३, २०७५ आईतबार  १२ : ५३ बजे

 

नुवाकोट,३ भाद्र । जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ ।

विदुर–१स्थित विद्यालयले शुरु गर्न लागेको इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गर्नका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो ।

विद्यालयलाई आफ्नै स्रोतबाट नयाँ विषयको पठनपाठन सञ्चालन गर्न कठिनाई भएकाले दशैं महोत्सव गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादुर खड्गीले बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकाले यसै वर्षदेखि पढाइ शुरु गरिएको विद्यालयका अध्यक्ष प्रधानले बताउनुभयो । एक शैक्षिक सत्रमा ४८ विद्यार्थीले पढ्न पाउने छन् ।

इञ्जिनीयरिङ विषय पढ्नका लागि विद्यार्थीलाई विगतमा अन्यत्र जानुपरेकाले अहिले जिल्लामै सञ्चालन भएपछि सहज भएको प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभयो । छ सेमेस्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी रु २ लाख मात्र शुल्क लिइने विद्यालयले जनाएको छ ।

सिभिल इञ्जिनीयरिङ कक्षाको पठनपाठनका लागि छुट्टै ब्लक निर्माणका साथ आवश्यक भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । विसं २००७ सालमा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com