ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्कृष्ट र समृद्ध प्रदेश नभएसम्म मुलुक सम्बद्ध हुन नसक्ने – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
भाद्र २, २०७५ शनिबार  ७ : ४९ बजे

काठमाडौँ, २ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षभित्र समृद्ध नेपाल बनाउने अभियानलाई ध्यानमा राखेर सरकार अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई चुनाव जित्नु र हार्नुभन्दा पनि देश र जनतालाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको पाँच वर्षभित्र जनताको समृद्धको सपना पूरा गर्ने छौं ।”

प्रदेश नं २ अन्य प्रदेशभन्दा उत्कृष्ट र समृद्ध प्रदेश नभएसम्म मुलुक सम्बद्ध हुन नसक्ने जिकिर गर्नुहुँदै उहाँले प्रदेश नं २ अर्थात् मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष ‘प्याकेज’ ल्याइएको स्पष्ट पार्नुभयो ।

मधेशकै लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढेको जानकारी दिनुहुँदै उहाँले अब कुनै पनि बहानामा हुलाकी राजमार्गको काम नरोकिने दाबी गर्नुभयो ।

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारमा आएको उल्लेख गर्नहुुँदै अध्यक्ष प्रचण्डले उक्त सहमतिमा टेकेर राजपा पनि सरकारमा सहभागी भई देशलाई समृद्ध बनाउन अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

सरकारमा सहभागिताबारे राजपाका नेतासँग निरन्तर छलफल भइरहेकाले जानकारी दिँदै उहाँले राजपा पनि सरकारमा सहभागी भई समृद्धिको अभियानमा जुट्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

तराई–मधेश, पहाड र हिमाललाई जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध हुने र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्ने आजको ऐतिहासिक आवश्यकता रहेकोसमेत अध्यक्ष प्रचण्डले बताउनुभयो ।

वर्तमान सरकार जनताप्रति समर्पित भएको र जनतालाई विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारीमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनताको आकाङ्क्षा सम्बोधन गर्न सरकारका कामकारबाहीे सच्याउने आँट गर्नुपर्छ ।”

धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, कार्यान्वयनमा आएको संविधानले समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको उल्लेख गर्दै उहाँले आर्थिक विकास र समृद्धितर्फ मुलुक अघि बढाउने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताउनुभयो ।

सभामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले समृद्धिको मुद्दालाई कार्यान्वयन गर्न प्रतिवद्ध भएर अघि बढेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com