ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक पर्यटनको गन्तव्य बन्दै पाण्डवेश्वर महादेव धाम


bhawani desk

तुलसीपुर, २ भदौ । यहाँको पर्यटकीय एवं धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न पूर्वाधार पनि निर्माण शुरु भएका छन् ।

पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशूल हेर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । त्रिशूल सात हजार ७१८ किलोग्राम फलाम, २२६.३६० किलोग्राम तामा, १० किलोग्राम काँस र २०४ किलोग्राम पित्तलले बनाइएको छ । उचाइ ५५.५ फिट र ४४ इन्ची गोलाई रहेको त्रिशूलले त्यहाँको थप पर्यटकको आक्रर्षण बढेको स्थानीय बताउँछन् ।

ऐतिहासिक तथा धार्मिक महत्वले निकै महत्व मानिने धारापानीमा देशका विभिन्न जिल्ला र भारतबाट पनि पर्यटक आउने गरेको पाण्डवेश्वर महादेव धाम सञ्चालक समितिले जनाएको छ ।

पाण्डवेश्वर महादेव धामसम्म सडकको कालोपत्रेसँगै आवतजावत गर्न सजिलो भएको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारणले पनि त्यहाँ जाने जो कोही पनि रमाउने गर्दछन् । यहाँ दैनिक सयौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्दछन् । यहाँको पर्यटन विकास लागि झण्डै रु ९० करोड बढीको गुरुयोजना बनाउन लागिएको धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो ।

. उहाँका अनुसार सुनकोट डाँडासम्म चार हजार ९६३ सिंडी निर्माण, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वरपरको वन संरक्षणलगायतका काम गरिने छ । प्रदेश नं ५ ले यहाँको विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com