ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने : प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं, २ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी अवार्डले नयाँ सम्भावना प्रदान गरेको उल्लेख गर्दै सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने बताउनुभयो ।

विकासका हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग गरिने बताउँदै उहाँले मुलुकमा सुशासन स्थापनाका लागि सूचना प्रविधि माध्यम महत्वपूर्ण छ भन्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिभिङ विथ आइसिटीको तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ वितरण गर्नुभयो ।

उहाँले विभिन्न आठ विधामा आइसिटी अवार्ड प्रदान गर्नुभएको हो । 

आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिलाई, आइसिटी प्रडक्ट अवार्ड इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफाईलाई र आइसिटी पायोनियर अवार्ड मर्कन्टाइल कम्युनिकेशन्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सञ्जीव राजभण्डारीलाई प्रदान गरिएको छ ।

यसैगरी डिजिटल गभर्नेन्स अवार्ड नेपाल प्रहरीलाई र आइसिटी मिडिया अवार्ड नागरिक दैनिकका पत्रकार सन्तोष न्यौपाने तथा नयाँपत्रिकाका पत्रकार गोपाल साउदलाई प्रदान गरिएको छ ।

सो अवसरमा मन्त्री बाँस्कोटाले सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउनेतर्फ सरकार अग्रसर भएको उल्लेख गर्दै यो अवार्डले सूचना क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो ।

आइसिटी क्षेत्रको विकास र विस्तारका लागि रचनात्मक गतिविधि आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीलगायतले सरकारले सूचना प्रविधिलाई उच्च महत्व दिई काम गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com