ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला प्रशासनमा नागरिक सहायता कक्ष स्थापना


bhawani desk
भाद्र १, २०७५ शुक्रबार  ४ : ४७ बजे

गुल्मी,१ भदौं । जिल्ला प्रशासन कार्यालय गुल्मीमा ‘नागरिक सहायता कक्ष’ को स्थापना गरिएको छ । कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनउनको लागि शुक्रबारदेखि ‘नागरिक सहायता कक्ष’ को स्थापना गरिएको हो ।

प्रशासन कार्यालयका दुईजना कर्मचारी सहायता कक्षमा नियमित रहन्छन । भने आवश्यकता अनुसार कर्मचारी थप्ने ब्यवस्था गरिएको प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए ।

सेवाग्राही कुन सेवाका लागि प्रशासन कार्यालय आएको हो, सोध्ने र सोहिअनुसारका निवेदन तथा कागजपत्र मिलाइदिने, फ्याक्स लगायतका सेवा प्रवाहमा पनि प्रशासनकै कर्मचारीले सहयोग गर्ने पाण्डेले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयभित्र सेवाग्राहीका लागि निशुल्क टेलिफोन, फ्याक्स र पानी पनि उपलब्ध गराइएको छ । कार्यालयले अशक्त, महिला तथा टाढाबाट आएका सेवाग्राहिलाई प्रथमिकतामा राख्ने पनि जनाएको छ ।

सेवाग्राहीको दुरी, मूल्य, समय र सन्तुष्टिको आधारमा सार्वजनिक सेवा प्रवाहको स्थितिलाई मापन गर्न सकिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए । यीनै तत्वको आधारमा नागरिकलाई मुस्कानसहितको सेवा दिन आफूहरु लागिपरेको उनले बताए ।

कार्यालयमा विचौलियाको प्रवेश निषेध तथा सेवाग्राही ठगिने क्रम रोक्नको लागि नागरिक सहायता कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पोड्यालले जानकारी दिए । ‘धेरै सेवाग्राही विचौलियाबाट नै ठगिने गरेका रहेछन्, कार्यालय भित्रै पनि सेवाग्राहीले सेवा प्रवाहमा सन्तुष्टि पाएजस्तो लागेन ।’

प्रजिअ पौड्यालले भने, ‘अब त्यो सबै झन्झटिलो प्रक्रियाको अन्त्यका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी पौड्यालले केहि दिनअघि प्रशासन कार्यालय नजिकैका फोटोग्राफरहरुलाई बोलाएर सेवाग्राहिका कागजपत्र र फोटो खिचेको पनि एकै प्रकारको मूल्य लिन निर्देशन गरेका थिए ।

प्रशासन कार्यालयले सेवा प्रवाह र शान्ति सुरक्षमा ‘ए प्लस’ ल्याउने उदेश्यले अहिले काम गरिरहेको प्रजिअ पौड्यालले बताए । अहिले प्रशासन कार्यालयमा डिजिटल बडापत्र र फ्रि वाईफाईको समेत ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com