ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवतीलाई जबरजस्ती गर्न खोज्ने चौधरी पक्राउ


एबीसी न्यूज
श्रावण ३१, २०७५ बिहीबार  १० : ५७ बजे

रौतहट,३१ साउन । एक युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।  रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित आर्मी क्याम्प नजिक टेलर्स संचालन गरेर बसेका करिव ५० बर्षिय जयलाल चौधरीले आफ्नै टेलर्समा सिलाई गर्ने युवतीलाई जवरजस्ती गर्न खोजेका हुन् । बुधबार साँझ करिव साढे ७ बजेको समयमा टेलर्सबाट घर सम्म पु¥याइ दिन्छु भन्दै मोटर साईकलमा राखेर जंगल तिर लान लागेपछि युवती मोटर साईकलबाट हामफालेर भाग्न सफल भएकी थिइन् ।  मोटर साइकलबाट हामफाल्ने क्रममा युवतीको दुईवटा दाँत झरेको छ ,भने हात खुट्टामा चोट समेत लागेको छ ।

युवतीलाई जवरजस्ती करणी गर्ने नियतले जंगल तिर लाने टेलर्स संचालक चौधरीलाई रातीनै मदिरा लठ भएको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । घाईते युवतीको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अपराधिक नियत राख्ने चौधरी माथि कडा कार्वाही हुनुपर्ने महिला अधिकारकर्मी देवकी नेपालले बताएकी छिन् ।

आर्थिक रुपमा विपन्न रहेकी युवती केही समय देखी चौधरीले संचालन गरेको टेलर्समा काम गर्दै आएको र घर पु¥याइदिने बाहानामा उनले युवती माथि जबरजस्ती गर्ने मनसाय राखेको र मोटरसाईकलबाट हाम फालेर युवती बच्न सफल भएको महिला अधिकारर्मी देवकी नेपालले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com