ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीपेशको नेतृत्वमा दिलबहादुरलाई साउदी जेलमुक्त गर्न ६७ लाख ब्लड मनी हस्तान्तरण


admin
श्रावण ३०, २०७५ बुधबार  ६ : १९ बजे

काठमाडौं, ३० साउन । साउदी अरेवियाको जेलमा रहेका जनमुक्ती सेनाका पुर्व सदस्य रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि संकलित सहयोग रकम हस्तान्तरण भएको छ ।

अभियानका संयोजक युवा नेता दिपेश पुनसहितको टोलीले संकलन गरेको ६७ लाख रुपैयाँ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मार्फत हस्तान्तरण गरिएको संयोजक पुनले जानकारी दिए ।

सो रकम साउदी दूताबास हुँदै मृतकका परिवारले प्राप्त गरेपछि दिलबहादुर रिहाई हुनेछन् । विगत तीन महिना अगाडिदेखि सहयोग संकलन अभियान टोलीले घर्तीमगरको जीवन रक्षाका लागि ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनि संकलन अभियान–२०७५’ संचालन गरेको थियो । अभियानका क्रममा विदेश तथा स्वदेशमा गरि रु. १ करोड ४ लाख २६ हजार २ सय २३ रुपैया संकलन गरेको थियो ।

अभियानबाट संकलित मध्य बचेको रकम विशेष कोष बनाएर सामाजिक काममा खर्च गर्ने संयोजक पुनले समाचार दैनिक डटकमलाई बताए । पूर्व जनमुक्ती सेनाका सदस्य रहेका घर्तीको कमजोर आर्थिक अवस्थाका कारण परिवारले क्षतिपूर्तिवापतको रकम तिर्न सक्ने अवस्था नभएपछि युवा नेताहरुले सामाजिक अभियान चलाएका थिए ।

रोजगारीको सिलसिलामा दिलबहादुर घर्तीमगर डिस्टीनी प्लेसमेन्ट सर्भिसेज बानेश्वरबाट बाट साउदी अरबको रियादस्थित कन्ट्रक्ुन कम्पनीमा काम गर्दथे ।

रियादको दोआद्मी भन्ने ठाउँमा कार्यरत रहँदा सवारी चलाउने क्रममा बाटोमा साउदी नागरिकले चलाएको कारमा ठोक्किदा साउदी नागरिकको मृत्यु भएको थियो ।

२०७३ जेठ ३० गते जेल परेका घर्तीलाई अदालतले ७५ प्रतिशत गल्ती गरेको ठहर गरि देखाई २ लाख २५ हजार रियल मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । हाल उनी क्षतिपूर्ति रकम तिर्न नसकेर साउदी जेलमा जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com