
काठमाडौं , २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीचको भेटवार्ता सकिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सहमति गरिएको विषयमा आफू इमानदार भएको र फेरि अनसन बन्ने अवस्था आउन नदिने बताएका छन ।
साथै उनले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् ।
भेटवार्तामा ओलीले डा केसीलाई १५ दिनभित्र पूरा गर्ने भनिएको मागलाई सरकारले बेवास्ता गरेको अवगत गराएका थिए ।
प्रधानमन्त्रीले संसदमा लैजानुपर्ने विषय सहमति अनुसार नै लगेको र मन्त्रिपरिषद्मा आउनुपर्ने विषयमा हकमा भने शिक्षामन्त्रीसँग बुझ्ने जवाफ दिएका थिए।







प्रतिक्रिया दिनुहोस्