ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षमता भन्दा बढी विद्यार्थी बोक्दै स्कुल बस


bhawani desk
श्रावण २४, २०७५ बिहीबार  १ : ३३ बजे

 

चितवन ,२४ साउन । चितवनमा रहेका विद्यालयका बसहरुले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् ।

चितवनका अधिकाम्स निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा २ गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको छ । सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुन्छ तर स्कुलबसहरुले ८०–९० जना विद्यार्थीसम्म बोक्ने गरेका छन् ।

अभिभावकहरुसँग प्रत्येक विद्यार्थीको मासिक रुपमा शुल्क उठाउने विद्यालयले विद्यार्थीहलाई भने त्यो अनुरुपको सेवा दिएको छैन । केहि स्कुल बसमा विद्यार्थीहरुलाई भेडाबाख्रा जसरी बोक्ने गरिएको छ ।

बसमा उब्बिने समेत ठाँउ नहुने गरि विद्यार्थी बोक्ने गरेका छन् । क्षमता भन्दा बढी विद्यार्थी बोकेर बस निर्वाद गुड्ने गरेका छन् तर त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान पुग्न सकेको छैन । पुर्वीचितवनको डेजी स्कुल , नेपाल आदर्श शिक्षा सदन र ओसिएन एकेडेमीको स्कुल बसले क्षमता भन्दा बढी विद्यार्थी बोकेका छन् ।

यी त प्रतिनिधि मुलक नाम मात्रै हुन् चितवनका अधिकाम्स विद्यालयका बसहरुले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । सडकमा क्यामरा सहित निगरानी गरेको थाहाँ पाएर क्षमता भन्दा बढी विद्यार्थी बोकेको डेजी स्कुलको ग १ क ३१३८ नम्बरको स्कुल बसले विद्यालय भन्दा एक किलोमिटर टाढै केहि विद्यार्थीलाई झारेर उनीहरुलाई पैदल हिडाएरै स्कुल पठाएका थिए ।

डेजीकै ना १ क ६९२५ नम्बरको स्कुल बसमा त भित्र पस्ने ठाँउ समेत नहुने गरि विद्यार्थीहरु कोचाकोच गरेर उभिने गरेका छन् । त्यस्तै नेपाल आदर्श शिक्षा सदनको ना २ ख ९९७१ नम्बरको स्कुल बसले एउटै बसमा करिब ८० जना विद्यार्थी बोक्ने गरेको छ ।

स्कुल बसमा एउटै सिटमा ४ जना विद्यार्थीसम्म राख्ने गरिएको छ । कुनै पनि सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नमिल्ने र विद्यालय बस त अझ संवेदनशिल भएकोले त्यस्तो भेटे कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक बेदप्रसाद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

सम्बन्धित

राहदानी वितरण केही साता बन्द हुने

आज शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com