ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्षभित्र काठमाडौँ हेर्न लायक बनाउँछौ – प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौँ, १२ साउन।  प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।”

नेपाल टे«ड यूनियन महासंघ र अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले नेकपाको सरकार गठन भएको पाँच महिना मात्रै भएको भए पनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

“हाम्रो सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौँका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ । विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्”–प्रधानमन्त्रीले भन्नुभयो, “यही पाँच महिनामा नेपाली जनतालाई हामीले गरीब बनाएको होइन, काठमाडौँको सडकमा खाल्डो पारेको पनि होइन । तर हामी गरिब नेपालीलाई समृद्ध बनाउँछांै र आगामी दुई वर्षभित्र काठमाडौँका सबै सडक हेर्न लायक बनाउँछौ ।”

उहाँले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनः निर्माण शुरु गरिने बताउनुभयो ।

‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुईवर्ष पहिले शुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ । धाँजा फाटेको रानीपोखरीसमेत बन्छ ।” शिलान्याश गरेर छाडेको धरहरा र रानीपोखरी पुनःनिर्माणमा सरकारले क्रमिक रुपमा काम शुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “अब बन्छन् यी दुई वटै ऐतिहासिक सम्पदा । कुनै ढिलाइ गरिँदैन । काष्ठमण्डप ज्यूँका त्यूँ हुन्छ ।”

दुगर्मस्थानमा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सान भन्दै प्रधानमन्त्रीले सेवा सुविधा पु¥याउनै नसकिने ठाउँलाई एकीकृत बस्तीका रुपमा परिणत गर्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो । अनुगमन र नियन्त्रण गर्न केही समय लाग्ने भए पनि अनावश्यक रुपमा सरकारको आलोचना गरेर कोकोहोलो मच्चाइएको भन्दै प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीले नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाट मात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानूनी तवरले कुनै पनि रकम ल्याउन नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हुन्डी, कालोधन, गैरकानूनी चलखेल गर्न पाइदैन । सरकार त्यस्तो गतिविधिलाई सहदैन । अनियन्त्रित, गैरकानूनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।” उहाँले भ्रष्टाचार गर्न नपाइने र नदिइने उल्लेख गर्दै भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण हुन्छ, भ्रष्टचारीलाई दमन हुन्छ । यो हाम्रो घोषित नीति हो ।”

माइतीघर मण्डलालाई विरोध प्रदर्शनस्थल बनाइएकामा समेत प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “माइतीघरमा सात वटा बाटा छन् । दुर्घटना हुनसक्छ । सडक जाम हुन्छ, यसो अवसर पारेर दीप प्रज्वलन गर्नेसम्मको काम गर्न सकिन्छ । तर त्यस्तो स्थानमा नै किन विरोध गर्नुप¥यो । संसारभर नै विरोधका लागि स्थान तोकिएको हुन्छ, नेपाल मात्रै त्यस्तो देश जहाँ जसले पनि जुनसुकै स्थानमा विरोध गर्न पाइन्छ !”

उहाँले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दृढता व्यक्त गर्नुभयो । नेपालमा जुनसुकै क्षेत्रमा पनि एकाधिकार रहेको भन्दै प्रधानमन्त्रीले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य भएको र अरु क्षेत्रमा रहेको एकाधिकारसमेत छिट्टै अन्त्य हुने उल्लेख गर्नुभयो ।

उहाँले एकाधिकार हटेपनि त्यसलाई व्यवस्थापन गर्न केही समय लाने भन्दै त्यसका लागि सरकारले सबै प्रकारका विकल्पलाई खुला राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।

नेपालको मजदुर आन्दोलनले विगतदेखि नै सफलता हासिल गर्दै आएको भन्दै प्रधानमन्त्रीले सरकार सधैँ मजदुरको पक्षमा रहेको र कुनै पनि मजदुर निराश हुनु नपर्ने गरी कार्यक्रम र योजना ल्याइने बताउनुभयो । मजदुर आन्दोलनको सफलताबाटै वर्तमान सरकार गठन भएको भन्दै उहाँले स्वदेशमा पनि सरकारको नीतिभित्र रहेर मजदुरलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने र विदेशमा समेत ठगी र गलत धन्दा गर्न÷गराउन नपाइने स्पष्ट पार्नुभयो ।

राष्ट्र निर्माणको महाअभियान शुरु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब नेपाल गरीब रहन सक्दैन । कामको खोजीमा भौतारिएर हिँड्नु पर्दैन । मुलुकमा नै स्तरीय कामको व्यवस्था हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com