ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन मन्त्रीको राजीनामा गराएर वामदेव डोल्पाबाट चुनावमा उठ्ने


एबीसी न्यूज
श्रावण ९, २०७५ बुधबार  ८ : ३९ बजे


काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन् ।

नेता गौतमले पनि अध्यक्षद्वयले आश्वासन दिएको बताए । ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्‍यो, ल्याउँछौँ भन्नुभएको छ । थप कुरा अहिल्यै नभनौँ’, उनले भने । स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ । तर, कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने स्रोतले जनाएको छ ।

डोल्पाका सांसद धनबहादुर बुढा भने राजीनामाबारे बोल्न चाहेनन् । ‘यसबार भेटेर कुरा गरौँला,’ उनले भने । ०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो । लामो समय राप्रपाको राजनीति गरेका बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद् बनेका थिए ।

असोजसम्म उपनिर्वाचन

भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ ९ख० मा पनि उपनिर्वाचन गर्नुपर्नेछ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । सरकारले बुढाको राजीनामापछि यी दुवै क्षेत्रको उपनिर्वाचन गराउन आयोगलाई आग्रह गर्ने तयारी गरेको हो । नेकपा स्रोतका अनुसार सरकारले असोजसम्म उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई आग्रह गर्नेछ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

न्यायपूर्ण फैसला, हारजितको विषय होइन–महामन्त्रीद्वय

सम्बन्धित

आज आंशिक बदली, मौसम मुख्यतया सफा

प्रधानमन्त्रीको ‘गोप्य फोन लाइन’ : मन्त्रीका लागि छुट्टै सेट र सिम, बढ्यो चासो र शंका

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

एनआरएनए लगानी सकारात्मक: एनआरएनए उपाध्यक्ष , प्रधान भिडियो

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com