ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा .केसीसंग वार्ता हुन नदिने तत्वहरु सक्रिया भए : नेकपा अध्यक्ष प्रचण्ड


bhawani desk
श्रावण ७, २०७५ सोमबार  ४ : २० बजे


काठमाडौं ,७ साउन । काठमाडौं,७ साउन । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्प कमल दाहालले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिने तत्वहरु लागिपरेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले डाक्टर केसीको जीवनरक्षाको लागि तीन जना डाक्टरको सल्लाहअनुसार जुम्लाबाट ल्याएको भन्दै वार्ता गर्न पनि नदिने, समस्याको समाधान गर्न पनि नदिने तत्व हावी भएको बताउनुभयो ।

उहाले शिक्षा क्षेत्रलाई राजनीतिक भूमरीमा पार्न खोजिएको भन्दै यसलाई सबैले चिर्नुपने उल्लेख गर्नुभयो । उहाले शिक्षा क्षेत्रमा समस्या रहेको भन्दै सबै समस्याहरुलाई हल गर्न उच्च शिक्षा आयोग बनाउन सरकार तयार रहेको पनि बताउनुभयो ।

संविधान सबैले मान्नुपर्ने भन्दै केही तत्वहरुले अराजकता निम्त्याउन खोजिरहेको उहांको भनाई छ । अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा सुधार गरेमात्र समाजवादतर्फ जान सकिनेमा जोड दिनुभयो । जनताको माझमा पनि ७० प्रतिशत विज्ञान प्रविधि र व्यावसायिक क्षेत्रमा लगानी गर्ने आफुहरुको योजना रहेको भन्दै उहाले नयाँ युगको परिवर्तनका लागि सबैले सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो ।

निजी सम्पत्तिलाई राष्ट्रियकरण गरे मात्र समस्याको समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको भन्दै उहाले सम्पूर्ण निजी क्षेत्रलाई अहिले नै राष्ट्रियकरण गर्न संविधानले नै नदिने स्पष्ट पार्नुभयो ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागी हेलिकप्टर पठाइएको भन्दै अपहरण गरिएको आरोपप्रति आपत्ती जनाउनुभयो । उहाले माथेमा आयोगको सुझाव अनुसार नै नया चिकित्सा बिद्ययेक ल्याईएको भन्दै डाक्टर केसीसंग वार्ता गर्न सरकार तयार रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शिक्षक आह्वान पुस्तक बिमोचन गर्नुभएको थियो भने संगठनका केहि व्यक्तिहरुलाई सम्मानपनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com