ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परामर्श समितिका सचिवको राजीनामा, रोहिंग्या समस्या झन जटिल


एबीसी न्यूज

याङ्गोन, ६ साउन ।  म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको सामाधानका लागि नियुक्त भएका एकजना अन्तर्राष्ट्रिय परामर्श समूहका एक जनाले राजीनामा दिएपछि यहाँको रोहिंग्या समस्या समाधानमा थप जटिलता उत्पन्न भएको छ ।

थाइल्याण्डका एकजना पूर्वसांसद तथा म्यानमारका लागि पूर्वथाई राजदूत कोबसाक चुटिकुलले सो परामर्श समितिको सचिवबाट राजीनामा दिनु भएको हो । राखिन राज्यमा जारी रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि परेको समस्या र उनीहरुप्रति राज्यको सेनाका तर्फबाट गरिएको भनिएको व्यवहारका बारेमा अध्ययन गरी समाधानका उपायहरु सुझाउन सो समिति बनेको थियो ।

म्यानमारका विदेशमन्त्री आङ सान सुकीले गठन गर्नुभएको सो समितिलाई रोहिंग्या शरणार्थीका बारेमा अध्ययन गरी उनीहरुलाई घर फर्काउने उपायका बारमा सुझाव दिने कार्यादेश तोकिएको थियो । उक्त समितिमा छिमेकी देशहरुबाट पनि केही सदस्य राखिएको छ र यसलाई अन्तर्राष्ट्रिय परामर्श समूह नाम दिइएको छ ।

एएफपी समाचार समितिले शनिबार सो जानकारी दिएको छ । म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका सात लाखभन्दा बढी रोहिंग्या मुसलमान नागरिक छिमेकमा पर्ने राष्ट्र बङ्गलादेशमा शरण लिएर बसेका छन् ।

यस समस्याको समाधानका लागि त्यहाँका राष्ट्रिय सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीले नियुक्त गर्नुभएको अन्तर्राष्ट्रिय परामर्श समूहका सचिवले राजीनामा दिएपछि उक्त समस्या समाधानको बाटो पहिल्याउन केही गाह्रो पर्न सक्ने विश्लेषकहरुको भनाइ छ ।

म्यानमारको उत्तरी राज्य राखिनमा गत वर्षको अगस्त महिनाबाट म्यानमारको सैनिकले दमन गरेको र यसका कारण रोहिंग्या समुदायका लाखौँ मानिसले देश छोड्न बध्य भएका थिए । उनीहरु छिमेकमा पर्ने देश बङ्गलादेशको कोक्स् बजार पुगेका थिए । ती शरणार्थी अहिले पनि त्यहीँ छन् ।

म्यानमारको राखिन राज्यमा अहिले पनि ‘जातीय सफाया’ सरह नै नागरिकमा दमन जारी रहेको संयुक्त राष्ट्रसंघीय अधिकारीहरु जनाउँदै आएका छन् । बङ्गलादेशमा बसेका ती शरणार्थीहरुले आफ्नो जन्मथलो अहिले पनि त्यस्तै असुरक्षित अवस्थामा नै रहेको भन्दै घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिँदै आएका छन् ।

उनीहरुमाथि अहिले पनि ज्यादती जारी रहेको र जसका कारण राखिन राज्यमा रहेका रोहिंग्या शरणार्थीहरुले आफ्नो जीविकोपार्जन गर्न नपाएको गुनासो रहँदै आएको छ । उनीहरुले जतिसक्दो चाँडो आफ्नो थात थलोमा फर्किन पाउँ भनी विश्व समुदायसँगै अपिल गर्दै आएको भए पनि उनीहरु घर फर्किने दिन कहिले आउने हो भन्ने विषय भने अन्यौलमै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com