ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारविरुद्ध कांग्रेसले आन्दोलन गर्नुपर्ने अवस्था छैन–नेता दीनानाथ शर्मा


bhawani desk
श्रावण २, २०७५ बुधबार  ४ : ५३ बजे

काठमाडौं,२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारका विरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाले वर्तमान सरकार विनम्र रहेको जिकिर गर्नुभयो ।

सरकारमाथि निगरानी बढाउनु, खवरदारी गर्नु र सचेत गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै भएको उहाको भनाई छ । वर्तमान सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाले कांग्रेसले अहिले सरकारको राजिनामा नमागेको पनि जिकिर गर्नुभयो ।

वर्तमान राजनीतिक दलहरुको लागि संविधानभन्दा अर्को दस्तावेज नभएको बताउँदै उहाले आवश्यक परे संविधानलाई सुधार गर्न आफूहरु प्रतिबद्ध रहेको पनि धारणा राख्नुभयो । साक्षात्कारमा कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजिनामा माग्न आफूहरु बाध्य हुने चेतावनी दिनुभयो ।

दुई तिहाईको दम्भमा जनतालाई तर्साउने र धम्काउने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर तुल्याउने कुरा आफूहरुलाई कुनै हालतमा पनि स्विकार्य नरहेको उहाको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबार आफूहरुले पूर्नविचार गर्ने स्पष्ट पार्नुभयो । सरकारका पछिल्ला कदमहरुले सरकारविरुद्ध नै जनमत बढिरहेको बताउँदै उहाले यो जनमतलाई कांग्रेसले प्रयोग गर्न चाहेको आरोप लगाउनुभयो ।

..उहाले राज्यले डाक्टर गोविन्द केसीसँग धेरैपटक सम्झौता गरेको तर अहिलेसम्म कार्यान्वयन नगरेकोमा गुनासो पोख्नुभयो । चिकित्सा शिक्षा अध्यादेश हेरफेर गर्दा सरकारको विश्वसनियता समाप्त हुने बताउँदै उहाले सरकारले सदनमा दम्भको कुरा गर्न नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com