
काठमाडौं,१ श्रावन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन गर्ने घोषणा गर्नु भएको छ ।
मन्त्री पुनले ३ वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पार्नु भयो । ५ वर्षमा ५ हजार मेघावाट विद्युत उत्पादन गर्ने कार्य योजनासहित सरकारले विद्युत विकासका लागि स्वेतपत्र नै जारी गरेको पनि उहाँले स्मरण गराउनु भयो ।
विद्युत विकास विभागको रजत जयन्तिको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यमाथि खिसीटयूरी गर्नेहरुलाई जवाफ दिने गरी सरकारले विद्युत विकासको रणनीति तय गरेको पनि दावी गर्नु भयो ।
मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानीलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउन विद्युत विकासको कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्