ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजराइलमा हमासविरुद्ध सबैभन्दा ठूलो हमला


एबीसी न्यूज
असार ३१, २०७५ आईतबार  ८ : ४५ बजे

इजराइलले ९० भन्दा बढी रकेट हमलाको जवाफमा आफूले उत्तर गाजामा हमासको दर्जनौं सैन्य क्षेत्रलाई निशाना बनाएको बताएको छ ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार गाजा शहरमा भएको हवाई हमलामा दुईको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

यो हमला सन् २०१४ हमासविरुद्ध इजराइलको सबैभन्दा ठूलो हमला हो ।

थुप्रै इलाकामा हवाई हमलाः

इजराइलको रक्षाबल (आइडीएफ) ले ट्वीटमार्फत भनेको छ, ‘गत एक घण्टामा आइडीएफका लडाकू विमानले गाजापट्टीमा हमासका चार सैन्य इलाकाका दर्जनौं स्थानालाई निशाना बनाए । यो हवाई हमलाको केन्द्र बेट लाहियामा हमास बटालियनको मुख्यालय थियो ।’

अर्को एक ट्वीटाम लेखिएको छ, ‘केही बेर अघिमात्र आइडीएफका लडाकू विमानले उत्तर गाजामा अल–शटी शरणार्थी क्याम्पमा एक भवनमाथि हमला गरेको छ । उक्त भवनभित्र एउटा सुरुङ बनाइएको थियो जसलाई तालिम दिन प्रयोग गरिन्थ्यो । यो सुरुङ हमासको सुरुङ नेटवर्कको हिस्सा थियो ।’

जारी हुनसक्छ अभियानः

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अपरेशन जारी हुनसक्ने बताएका छन् ।

उनले भने, ‘यदि आवश्यक भए हमासको आतंककारी हमलाको प्रतिक्रियाको दायरा हामी बढाउन सक्छौं । यदि हमासले आज हाम्रो सन्देश पाएको छैन भने भोलि पाउनेछ ।’

प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार गजा शहरको एक खाली भवन इजराइली हवाई हमलाको निशाना बन्यो र नजिकैबाट यात्रा गरिरहेका मानिसहरु यसको शिकार भए ।

हमासको अनुसार शुक्रबार सीमामा भइरहेको प्रदर्शनको क्रममा इजराइली सैनिकको गाली लागेपछि एक प्यालेस्टिनीको मृत्यु भएको छ ।

‘दागियो दर्जनौं रकेट’

आइडीएफका अनुसार गाजाबाट इजराइलतर्फ दर्जनौं रकेट दागिएका छन् ।

इजराइलमा ९० भन्दा बढी रकेट खसेको रिपोर्ट छ । एउटा रकेट स्टेरात इलाकाको एक घरमा खस्यो जसमा तीनजना घाइते भएका छन् ।

यो हमला त्यतिबेला भएको हो जब पछिल्ला केही महिनादेखि यस इलाकामा हिंसाको बढोत्तरी भइरहेको छ ।

सीमामा अत्यधिक प्रदर्शन भइरहेको छ र प्यालेस्टिनीहरु इजराइलमा भएको आफ्नो पुर्ख्यौली घर फर्कन अधिकार दिन माग गरिरहेका छन् ।

उनीहरु गाजामाथि इजराइल र इजिप्टको तर्फबाट गरिएको नाकाबन्दी पनि समाप्त गर्न माग गरिरहेका छन् ।

इजराइल र इजिप्टले लडाकुको सुरक्षाको हिसाबले नाकाबन्दी गर्न आवश्यक छ ।

गाजाको स्वास्थ्य अधिकारीका अनुसार प्रदर्शनको क्रममा इजराइली सेनाको हातबाट एक सय ३० भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भइसकेको छ र १५ हजारभन्दा बढी घाइते भएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्मार्ट सरकार बन्ला ? अध्यक्ष , लामा भिडियो

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

सम्बन्धित

२ हजार कर्मचारी कटौती गर्दै बीबीसी

हिन्द महासागरमा आप्रवासी बोकेको डुंगा पल्टियो, २५० जना बेपत्ता

इरान-अमेरिका वार्ता दुई दिनभित्रै पुनः शुरू हुन सक्ने, पाकिस्तान नै सम्भावित गन्तव्य

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

इरान संकटको अन्त्य कसरी गर्ने ?

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com