ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाह भोजमा रक्सीले मातेका यी नेता


एबीसी न्यूज
असार २९, २०७५ शुक्रबार  १० : ४५ बजे

काठमाडौं, २९ असार ।   एन्फामा भ्रष्टाचार गरेको अभियोगमा फिफाबाट निलम्वनमा परेका राप्रपाका नेता गणेश थापाले पूर्वसांसद रामहरि खतिवडामाथि  दुव्र्यवहार गरेका छन् । चौधरी ग्रुपका संचालक अरुण चौधरीका सुपुत्र करण चौधरीको मंगलबार सोल्टी होटेलमा आयोजित विवाह भोजमा थापाले खतिवडालाई दुव्र्यवहार गरेका हुन् ।

विवाह भोजमा उपस्थित भएका बेला थापाले एक्कासी खतिवडामाथि अमर्यादित रुपमा प्रस्तुत भए । उनले अखिल नेपाल फुटबल संघ(एन्फा)को भ्रष्टाचारको मुद्दा उठाएर आफूलाई फसाएको भन्दै  गालीगलौज गर्न थाले । थापाले खतिवडालाई कुटपिट गर्ने धम्की समेत दिए ।

विवाह भोजमा रक्सी पिएर मातिएका थापाले खतिवडालाई माफी माग भन्दै तथानाम भन्न थालेपछि खतिवडाले लेखासमितिमा परेको उजुरी र प्राप्त डकुमेन्टले जे बोल्यो त्यही अनुसार गरेको हो, किन माफी माग्ने ? भन्दै प्रतिवाद गरेका थिए ।  वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मसँग गल्ती भयो भनेर माफी मागिसक्यो, तँ पनि माग भन्दै  थापा अराजक रुपमा  प्रस्तुत भएका थिए । स्थिति तनावपूर्ण भएपछि भोजमा सहभागी वरिष्ठ अधिवक्ता शम्भु थापाले गणेश थापालाई सम्हालेका थिए ।

बरिष्ठ अधिवक्ता थापाले समातेर लान खोज्दा पनि थापाले गालीको बर्षा गर्न नछाडेपछि खतिवडाले भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको हो, म डराउँदिनँ भनेर कडा प्रतिवाद गरेका थिए ।

कांग्रेस नेता खतिवडाका अनुसार थापाले मुलुकमा तपाईं मात्रै नेता हुनुहुन्छ? मलाई कारबाही गर्न अरूलाई चासो नलाग्ने तपार्इंलाई मात्रै लाग्ने किन? कांग्रेस–कम्युनिस्ट सबै सांसद मेरो पक्षमा भएका बेला तपाईंका कारण म कारबाहीमा परें, अब तपाईंलाई ठिक पार्छु’ भन्दै आक्रोश पोखेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com