
असार २६, रौतहट । रौतहटमा एक जना नगर प्रमुख र कार्यकारी अधिकृत सहित पाँच जना प्रक्राउ परेका छन् ।
जिल्लाको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव र कार्यकारी अधिकृत नर बहादुर विक सहित पाँच जनालाई प्रहरीले आज चन्द्रनिगाहपुर स्थित एक होटलबाट पक्राउ परेको हो ।
असारको अन्तिम हप्ता चन्द्रनिगाहपुर स्थित हिमालयन होटलमा बसेर चेक काटेर बाँड्दै गरेको अवस्थामा नगर प्रमुख श्याम प्रसाद यादव, कार्यकारी प्रशासकिय अधिकृत नर बहादुर विक, सहायक लेखापाल बिमल कुमार मिश्र, नायब सुब्बा कपुरी यादव र कार्यालय सहायक अजय कुमार यादवलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा पठाएको छ ।

आफ्नो कार्य क्षेत्र भन्दा बाहिर होटेलमा बसेर कार्यालयको काम गर्दै गरेको सुचनाको आधारमा तथा अख्तियारको निर्देशनमा नगर प्रमुख यादव र कार्यकारी अधिकृत विक सहितकालाई पक्राउ गरेकोे प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार कार्यालयको चेक र छाप बाहिर गएर दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिई बयान लिने काम भइरहेको समेत उनले बताए ।







प्रतिक्रिया दिनुहोस्