ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकहरू फसेको थाई गुफाबारे पाँच तथ्यहरू


एबीसी न्यूज

फुटबल टोली किन गुफा गए?

गुफा

जुन २३ तारिख शनिवारको दिन बालकहरू आफ्ना प्रशिक्षकसहित किन गुफा भित्र पसे त्यस्को ठ्याक्कै जबाफ अहिले हामीसँग छैन। बीबीसी थाई सेवाका रिपोर्टहरूमा जनाइएअनुसार उक्त टोली फुटबल अभ्यासका लागि स्थानीय समय अनुसार बिहान १० बजे एकापोलमा पुगेका थिए। त्यसबारे सहायक प्रशिक्षकले पौने ११ बजे फुटबल अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए।

करिब ३ बजेतिर त्यहाँको राष्ट्रिय निकुञ्जमा त्यहाँको कर्मचारीले ११ वटा साइकल गुफा प्रवेश गर्ने ठाउँमा पार्क भएको पाएको स्मरण गरे।

त्यहाँबाटै अनुसन्धान सुरु भयो। प्रारम्भिक खोजको कार्य आइतवार दिउसो करिब १ बजेबाट सुरु भयो। शनिवार राति १० बजे उक्त फुटबल टोली हराइरहेको सूचना आएपछि बल्ल खोजी कार्य सुरु भएको थियो। केही खबरहरूका अनुसार उक्त टोली फुटबल अभ्यास सकिएपछि एकजना सदस्यलाई योजना नबनाइ गरिने ‘सरप्राइज पार्टी’ दिन गुफाभित्र गएका थिए।

उनीहरू कसरी गुफामा फसे?

गुफाको सञ्जाल

चियाङ राई प्रान्तको पहाडी भेगमा अवस्थित ताम लुङ्ग गुफामा छिरेसँगै वर्षे पानी पर्न थाल्यो। जंगलबाट आएको बाढीले गुफाको प्रवेशद्वार बन्द गरिदियो। पानीको सतह तीव्र रूपमा बढेसँगै ती बालकहरू र उनीहरूका प्रशिक्षक अलि उच्च स्थानको जमिन खोज्दै जाँदा गुफाको भित्री भागमा पुगे। उनीहरू फसेको उक्त गुफा थाईल्याण्डको चौथो लामो गुफा हो। यो १० हजार ३ सय १६ मिटर लामो छ।

गुफामा फस्नेहरू को हुन्?

गुफामा ११ देखि १६ वर्षका १२ जना बालकहरू र उनीहरूलाई फुटबल खेलाउने २५ वर्षीय सहायक प्रशिक्षक फसेका छन्।

गुफाबारे के किंम्वदन्ती छन्?

गुफा
गुफा
Image captionउद्धार गर्ने तरीका

यो गुफाहरूबारे उस्तै खालका धेरै किंम्वदन्तीहरु छन्। धेरैलाई थाहा भएको एउटा किंम्वदन्ती अनुसार पहाडमा सुतेकी महिलाको नामबाट चिनिने सो ठूलो गुफा लाई थाई भाषामा “ताम लुङ्ग कुन नाम नाङ्ग नोन” भन्ने गरिन्छ। यो गुफा आजसम्म पनि त्यही नामले चिनिएको छ। त्यो किंम्वदन्ती अनुसार दक्षिण चीनकी एक राजकुमारी एक घोडचढी पुरुषबाट गर्भवती भएपछि यही पहाडमा आइन्। उनका पिताले पठाएका मानिसले ती पुरुषलाई फेला पारेर मारिदिएपछि उनी यही पहाडमा कुरेर बसेको विश्वास गरिन्छ। प्रतीक्षा गर्दा गर्दा थाकेपछि ती राजकुमारीले आत्महत्या गरेको स्थानीयबासीको विश्वास छ। त्यसपछि उनको शरीरबाट पहाड बनेको र रगतबाट साई नदी उत्पत्ती भएको उनीहरू बताउँछन्।

यस अघि हराएका मानिसहरू ‘आफैँ निस्किए’

स्थानीय खबरहरूका अनुसार समुदायका एकजना पूर्व नेताका भनाइमा सन् १९८६ मा एकजना विदेशी पर्यटक गुफामा सात दिनसम्म हराएका थिए। पछि उनको सुरक्षित उद्धार गरिएको थियो। यद्यपि त्यतिबेला बाढी चाहिँ आएको थिएन। सन् २०१६ को अगस्ट महिनामा एकजना पूर्व चिनियाँ भाषाका शिक्षक तीन महिनासम्म गुफामा हराएका थिए। ती शिक्षकले आफ्नो साइकल राष्ट्रिय निकुञ्जस्थित पसलमा छोडेका थिए र पसलेलाई आफू गुफामा ध्यान गर्न जान लागेको बताएका थिए। तर खोजी प्रयासहरू गरिए पनि उनी तीनमहिनासम्म भेटिएनन्। पछि उनी नजिकैको एउटा होटलमा घुमिरहको अवस्थामा फेला परेका थिए। विविसी बाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com