
काठमाडौं,२४ असार । प्रदेश–२ को मुकाम जनकपुरदेखि १६ किलोमिटर दक्षिण मुखियापट्टी मुसहरनिया गाउपालिकाका अध्यक्ष मनोज यादवले २७ लाख रुपैया लागतमा आफ्नै वुबा भोला यादवको शालिक निर्माण गरिरहेका छन् । गाउपालिकाको बजेट बाट थलहीघाटमा बनिरहेको शालिकको निर्माण समिति अध्यक्ष पनि मनोजकै दाजु दिलिप यादव छन् ।
पञ्चायतकालमा प्रधानपन्च रहेका भोला यादवको हत्या भएको थियो । यता, वडा नम्बर २ का अध्यक्ष नरेश यादव पनि गाउपालिका अध्यक्ष भन्दा कम छैनन् । उनले १७ लाख सरकारी खर्चमै आफ्ना जिउँदा बुवाको नाममा प्रवेशद्वार बनाइरहेका छन् । त्यो पनि, वडा कार्यालय अगाडि नै ।
प्रमुख प्रशासकीय अधिकृत भने वडा स्तरिय योजना र गाउँपालिकाबोर्डले पारित गरे अनुसार नै कामभइरहेको दाबी गर्छन् । सरकारी बजेट बाट सार्वजनिक स्थलमा कुनै व्यक्ति विशेषको शालिक र प्रवेशद्वार निर्माण गर्नु स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित छ । विकासका लागि खर्च गर्नुपर्ने बजेट जनताका प्रतिनिधिले आफ्नै बुवाको नाममा शालिक र गेट बनाउन खर्च गर्नु विकास बजेटको दुरुपयोग हो ।







प्रतिक्रिया दिनुहोस्