ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“ जाने बेलामा राम्रोसँग पढ्नु, पकाएर खानु, भाइलाई माया गर्नु भन्नुभएको थियो,” –१२ वर्षीय बालक


एबीसी न्यूज
असार २४, २०७५ आईतबार  ६ : ४८ बजे

पोखरा, २४ असार । “बाबा आमा जाने बेलामा राम्रोसँग पढ्नु, पकाएर खानु, भाइलाई माया गर्नु भन्नुभएको थियो,” – १२ वर्षीय विवश घर्तीमगरले भने ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी विवशका बाबुआमा दुबैको मृत्यु भएपनि उनका आफन्त र छिमेकीले अझै उनलाई मृत्युको खबर सुनाउन सकेका छैनन् ।

बालबच्चाको विचल्ली भएको खबर पाउनासाथ शनिबार राससकर्मी उनीहरू बस्ने घरमा पुग्दा विवशका छ वर्षीय भाइ चाउचाउ खाँदै दाईको कुरालाई खण्डन गर्दै थिए, “बाबा आमाले माया गर्ने भन्नुभएको थियो यसले मलाइ पिट्छ, आज पनि पिटेको थियो ।”

बाबाआमा गुमाएका ती नाबालकलाई कोठामा भेट्ने र देख्ने जो कोहीलाई यतिखेर निकै चिन्तित बनाएको छ ।

१२ वर्षीय विवश र उनका भाई छ वर्षीय विशेषन घर्तीमगरलाई उनका बाबुआमा मौसम घर्तीमगर र जीतमाया घर्तीमगरले पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी छोडेको लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए ।

घर्तीमगर दम्पत्ति वैशाखअघि त्यहीँ नजिकैको सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जिविकोपार्जन गर्दै आएका थिए ।

वर्षात शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा घर्तीमगर दम्पत्ती वैशाखमा बिरूवा कन्ट्रक्सन प्रा.लि.ले जोमसोम–लोमान्थाङ सडक निर्माण मजदुरकारुपमा मुस्ताङ पुगेका थिए ।

कमाएर कोठा भाडा र छोराहरूले खाएको खाद्यान्नको पैसा बुझाउँछौं, छोराहरूलाई सहयोग गरिदिनु होला, तपाइँकै जिम्मामा छोडेर गयौँ भनेको आजै हो जस्तो लाग्दछ, घरभेटी वीरबहादुर गोदारले दुःख व्यक्त गर्नुभयो ।

बाबु र आमा दुवै अभिभावक गुमाएका नावालकको भविष्यकालागि सरकार लगायत सम्बन्धित निकायबाट उचित व्यवस्था गरिनुपर्ने उहाँको जोड थियो ।

नयाँ बजारस्थित मैत्री चिल्डे«ेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाइ खाइवरी दिउँसो स्कुल जाने गरेको नयाँ बजारमा नै बस्दै आएकी रोल्पा थवाङकी वीसमाया पुनले बताउनुभयो ।

“बिचरा साना बच्चा छन्, उनीहरूलाई बाबुआमाको मृत्यु भएको खबर दिन पनि सकेका छैनौं,” उहाँले भन्नुभयो, “बाबुआमाको मृत्युले यिनीहरूको विचल्ली हुनेभयो ।

छिमेकीका अनुसार घरपरिवारलाई सुखी र खुसी बनाउने सोचका साथ मंसीरमा दुबई गएका मौसम बिरामी भएपछि दुई महिनामै स्वदेश फर्की सेतीनदीको रामघाटमा श्रीमतीसँगै बालुवा बोकेर गुजारा टार्दै आएका थिए ।

सेती बढेसँगै बालुवा बोक्ने काम पनि बन्द भएपछि रोजगारको सिलसिलामा मुस्ताङ गएका मौसमलाई गएको तीन महिना नबित्दै नियतीले नराम्रोसँग ठग्यो, दुर्घटनामा श्रीमती सहित उनले ज्यान गुमाउन पुगे ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत  दुर्घटनास्थल स्याङ्बोचेबाट पोखरा विमानस्थलमा ल्याइएका मौसम दम्पत्तिको शव पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

रोजगारीका लागि विकट जिल्ला रोल्पाबाट आएर दुई छोराको पालन पोषण र शिक्षाका लागि मुस्ताङ पुगेका मौसम दम्पत्तिको बारेमा दुःख व्यक्त स्वाभाविकै भएपनि अभिभावक गुमाएका बालकहरूको भविष्यका लागि सरकार, विभिन्न संघसंस्थाले तत्काल सोच्नु अपरिहार्य भएको उनीहरूको कोठामा पुग्नेहरूको एउटै धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com