
काठमाडौं, २२ असार । सुन तस्करीमा भारतीय नागरिक प्रयोग भएका छन् र उनीहरुले अनौठो तरिका अपनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना पक्राउ परेका छन् । उक्त सुनको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ रहेको छ।
पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीका अनुसार उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८–८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।
शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए । चिकित्सकको सहयोगमा सुन निकालिएको छ ।







प्रतिक्रिया दिनुहोस्