
पोखरा, २२ असार । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको उद्धार कार्यमा खटिएका प्रहरीले बताए ।








प्रतिक्रिया दिनुहोस्