
काठमाडौं,२१ असार । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको ध्यानकर्षणबाट पनि सडक निर्माणको कामले गति नलिंदा यसक्षेत्रका बासिन्दा आजित भएका छन् । व्यापार व्यवसाय विस्थापित हुने अवस्थामा पुगेको छ ।
चावहिल हुँदै जोरपाटी, थली साँखु र सुन्दरिजल जाने सकडखण्ड विगत तीन वर्ष देखि निर्माणको प्रतिक्षामा वित्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भए पछि दुई महिना अघि रातारात चावाहिलदेखि ह्यातसम्मको बाटो कालोपत्रे गरियो । तर टुसालदेखि उताको बाटो जस्ताको तस्तै रह्यो । वर्षौसम्म धुलो र हिलोको सास्ती भोगेका स्थानीयबासीन्दाले नरेन्द्र मोदीलाई गोकर्ण रिसोर्टमा राख्नुपर्ने भन्दै व्यङग्य पनि गरे ।
हिँउदको टन्टलापुर घाम अनि धुलो धुँवाले आजित बनेका यसक्षेत्रका बासिन्दा वर्षायाम लागेसंगै हिलो र जलमग्न बाटोबाट पिडित छन् । पानी नपर्दा धुलोले आफ्नै छेउको मान्छे देखिदैन, दैनिक पानी छम्काउदै बस्नुपर्छ । अलिकति वर्षा भयो कि हिलोले सडक वारपार गर्नै कठिन भएको स्थानिय बासिन्दाको गुनासो रहेको छ ।
विनाशकारी भुकम्प पश्चात सबैभन्दा पहिले निर्माण सम्पन्न भएको सम्पदा बौद्धनाथ यही ठाउंमा पर्छ । विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाको अवलोकनका लागि दैनिक सयौ पर्यटक आउजाउ गर्छन् । पर्यटकीय क्षेत्रको रुपमा सुपरिचित बौद्ध क्षेत्र वरपर व्यापार व्यवसाय गरेर आफ्नो गुजारा चलाउने धेरै छन । तर, बौद्धनाथ पुग्ने विदेशी पर्यटकका नजरमा सिंगो देशको चित्र कोरिएको छ, असभ्यताको । सडककै कारण । स्थानीय बासिन्दा, गाडी चालक, पैदल यात्रु कोही भेटिदैनन, कुरुप सडकको पीडा नभोगेको । सडकपेटीमा बसेर व्यापार गर्न त सम्भव नै छैन । लाखौ घरभाडा तिरेर व्यापार व्यवसाय गरेका व्यापारीहरु पनि विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । सडकमा हिड्न सक्ने अवस्था नभएकोले सामान किन्न त परै जाओस ग्राहक पसलसम्म आउन पनि कठिन छ यो सडकखण्डमा स्थानिय ब्यापारी बताउछन् ।
स्थानीय रुपमा भएका समस्याको समधानको जिम्मा स्थानीय सरकारको हो । पछिल्लो समय यो सडक निर्माणको विषय नगरपालिकासंग पनि ठोक्किएको छ । सरकार र ठेकेदार कम्पनीबीच भएको सम्झौताका कारण काम अघि बढाउन स्थानीय सरकार असमर्थ भएको बताउछन, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे । यद्यपी, सरकार र ठेकेदार कम्पनीबीचको सम्झौतामा आफुहरु साक्षी बसेको र साउन १५ भित्र सडक निर्माण भइसक्ने दावी गर्छन मेयर चालिसेले । यदि एक महिनाको अवधिमा पनि काम नभए स्थानीय तहबाट जस्तो सुकै संघर्ष गर्ने उनले दाबी गरे ।
सरकार र ठेकेदार कम्पनी युनाइटेड विल्डर्सबीच तीन वर्ष अघि यो सडक निर्माणको सम्झौता भएको थियो । तर स्थानीयबासिन्दासंग मुआव्जा विवाद भएपछि काम रोकियो । ठेकेदारले न त उनीहरुसंग समन्वय गर्यो, नत सरकारले नै समयमा मुआब्जा विवाद टुंग्यायो । कुल योग, सडक तीन वर्षदेखि वर्षामा हिलाम्य भएको छ, हिउंदमा धुलाम्य हुने सडको निमार्ण हुने आशमा सडक बन्द गर्न बाध्य छन् स्थानियबासिन्दाहरु ।







प्रतिक्रिया दिनुहोस्