
काठमाडौं, १८ असार । मनसुन सक्रिय भएपछि बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी पहिरोको जोखिम बढेसँगै विभागले त्यस आसपासका बासिन्दालाई सतर्कता अपनाउन मोबाइलमा म्यासेज पठाइएको महानिर्देशक डाक्टर ऋषिराम शर्माले जानकारी दिनुभयो ।
बबई र राप्ती नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको उहाँले बताउनुभयो । बाढी तथा पहिरोको जोखिमबारे थाहा पाउन मोबाइलबाट ११५५ मा एसएमएस गर्न सकिनेछ । बबई नदीमा बाढी आए बर्दिया, सुर्खेत, जाजरकोटका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ ।
यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढ्छ । यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्