
काठमाडौं, १७ असार । प्रमुख विपक्षी दल कांग्रेसले कानूनमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
कानूनमन्त्री शेरबहादुर तामाङले शनिबार एक कार्यक्रममा कांग्रेसले अंश खोजेको भन्दै सरकारमा आउन आहृवान गरेका थिए ।आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सचेतक पुष्पा भुसालले संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोप लगाइन् ।
कांग्रेस सचेतक भुसालले भने कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउन चाहेको बताइन् । संसदमा बसेर जनताको आवाज उठाउने हो , ‘बाहिर सडकमा गएर रेलिङ भाँच्न चाहन्नौं किनकी हाम्रो लोकतन्त्रले त्यो सिकाएन ।’
संविधान कार्यान्वयन गर्न ३५ वटा कानून पास गर्नु पर्ने भन्दै उनले त्यसबेला त प्रमुख प्रतिपक्षको सहयोग चाहिँदैन भनेर कानुनमन्त्रीलाई प्रश्न गरेकी छन् ।







प्रतिक्रिया दिनुहोस्