
काठमाडौं, १५ असार । आज असार १५ गते । देशैभर धान रोपाईं गरी आज धान दिवस मनाइदै छ ।
संयुक्त राष्ट्र संघले सन् १९६६ मा भोकमरीबाट मुक्त भन्ने नारासहित धान बालीलाई वर्षे बालीको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले वि.सं २०६२ देखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।
वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो । तर, गएको १० महिनामा नेपालले २४ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ । जमिनको बाँझोपन बढ्दै जानु, खेतीयोग्य जमिन खण्डिकरण हुँदै जाँदा र मौसमी प्रभावका कारण नेपालमा धान उत्पादनमा हा्रु आउँदै गएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।







प्रतिक्रिया दिनुहोस्