चितवन, १३ असार । पानी पर्न सुरु गरेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा दिनहुँजसो पहिरो खस्न थालेको छ । पहिरो खसेर सडक अबरुद्ध हुँदा उक्त सडक खण्ड हुँदै यात्रा गर्ने हजारौं यात्रुले सास्ती भोग्नु परेको छ ।
पछिल्लो तीन दिनमा दिनहुँ पहिरो खसेर घण्टौसम्म यातायात अवरुद्ध हँुदा यात्रुहरु बिचबाटोमा नै अलपत्र पर्ने गरेका छन् । पहिरो हटाएर सडक खुलाएपनि चालकको लापरबाहीले गर्दा यात्रुलाई थप सास्ती थपिएको छ ।

चालकहरुले आप्mनो लेनमा गाडी नचलाई मनपरी रुपमा ओभरटेक गर्दा पहिरो हटाएपनि यातायात साधन चल्न सकेका छैनन् । सडकमा २ लाइन नै एकैतर्फबाट आएका यातायात साधन रहेकाले आवागमनमा समस्या थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी थिए ।
नियम विपरित यातायात साधन चलाउने ६० जना चालकलाई कारबाही गरिएको र ओभरटेक नगरी आफ्नो लेनमा यातायात साधन चलाउन उनले अनुरोध समेत गरेका छन् ।
पहिरो हटाएपछि ४५ मिनेटदेखि एक घण्टामा सहजै पार गर्न सकिने नारायणगढ–मुग्लिन सडक खण्डमा चालकले जथाभावी ओभरटेक गरेर, लेन विपिरित सवारी चलाउँदा सवारी जाम भएको र सडक खण्ड पार गर्न ३–४ घण्टा लाग्ने गरेको छ ।







प्रतिक्रिया दिनुहोस्