काठमाडौं १३ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालआर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
आज हनुमानढोकास्थित गद्धी बैठक भवन पुननिर्माणको उद्ध्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभएको छ । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताउनुभयो ।

२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिनभएको,,सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षतभएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । “हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”
प्रधानमन्त्रीओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । संविधानसभाले संविधानजारी गरेर,नयाँ निर्वाचनमार्फत सरकार गठन भइसकेपछि देश नयाँयुगमाप्रवेश गरेको प्रधानमन्त्रीओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं ।”
फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्