ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्री अधिकारीको उद्घोष : सय पर्यटकीय गन्तव्य विकास गरिन्छ


admin
असार १२, २०७५ मंगलबार  ६ : ३० बजे

काठमाडौँ, १२ असार । सरकारले मुलुकभित्रका १०० वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम लागू गर्ने नीति लिएको सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई समेत केन्द्रमा राखेर ती कार्यक्रम लागू गर्न लागेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदले उठाउनु भएको प्रश्नको जवाफ दिँदै मन्त्री रवीन्द्र अधिकारीले हरेक प्रदेशमा कम्तीमा १० गन्तव्य हुने गरी १०० गन्तव्यको पहिचान र प्रवद्र्धनको कार्य आगामी आवदेखि शुरु गरिने बताउनुभयो ।

उहाँले नेपाल भ्रमण वर्षलाई सफल बनाउन पुरातात्विक सम्पदाको पुनःनिर्माण चाँडो सम्पन्न गरी आन्तरिकतर्फ घरबास कार्यक्रम ‘होमस्टे’, धार्मिक पर्यटन प्रवद्र्धन तथा छिमेकी मुलुक भारत र चीन लक्षित प्रवद्र्धनका गतिविधिलाई तीव्रता दिइएको बताउनुभयो ।

मन्त्री अधिकारीले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गरी सेवालाई गुणस्तर बनाउन गत जेठ ७ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा रहेको र यसबाट सुधारका संकेत देखापरेको उल्लेख गर्नुभयो ।

निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध विमानस्थलको काम एक वर्षभित्र सम्पन्न गरिने, तीन वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने तथा बाराको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाइने मन्त्री अधिकारीको भनाइ थियो ।

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाअन्तर्गत सम्पदा पुनःनिर्माण, नयाँ गन्तव्य प्रवद्र्धन, पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइएको, पर्यटकीय क्षेत्र रारा, खप्तड क्षेत्र आदिको पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको उल्लेख गर्नुभयो ।

पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका पाँच आयोजनालाई उच्च प्राथमिकताका साथ आवश्यकताका आधारमा बजेट विनियिोजन गरिएको बताउँदै मन्त्री अधिकारीले सडकको सहज आवागमन नभएको क्षेत्रमा जनतालाई हवाई अधिकारको प्रत्याभूत गराउन त्यहाँ विमान सेवा पु¥याउने योजना अघि सारिएको जानकारी दिनुभयो ।

पर्यटकीय पूर्वाधार विकासमा जोड दिएको सरकारले सातवटै प्रदेशमा एउटा महत्वपूर्ण विमानस्थल निर्माण गर्ने गरी योजना अघि बढाएको छ । पर्यटनमन्त्री अधिकारीले प्रत्येक प्रदेशमा एक महत्वपूर्ण विमानस्थल निर्माण गर्ने र कर्णाली प्रदेशमा क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि पहल शुरु गरिएको बताउनुभयो ।

विमानस्थल निर्माणका नाममा अहिले पनि अर्बभन्दा बढीको लगानी खेर गइरहेको छ । काठमाडौँ केन्द्रित हवाई सेवालाई सातवटै प्रदेशमा विस्तार गरिने बताउनुभयो ।

सरकारले आगामी आवका लागि पर्यटन प्रवद्र्धन तथा विस्तारका लागि लागि रु पाँच अर्ब २० करोड ३४ लाख र हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

तीन महिनाभित्र नेपालगन्ज–नयाँदिल्ली उडान

पर्यटनमन्त्री अधिकारीले अबको तीन महिनाभित्र नेपालगन्जबाट भारतको नयाँदिल्ली सिधा उडान शुरु हुने बताउनुभएको छ । यसबाहेक विराटनगर, जनकपुरलगायत गन्तव्यबाट भारतका विभिन्न शहरमा सिधा उडान सञ्चालनको पहल भइरहेको पनि जानकारी दिनुभयो ।

त्यस्तै, नेपाल वायु सेवा निगमको विमानलाई चीनका विभिन्न गन्तव्यमा उडान भर्नका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

सांसद प्रेम सुवाल, दुर्गा पौडेल, मेटमणि चौधरी र तेजुलाल चौधरीले सम्पदा पुनःनिर्माण, विमानस्थल निर्माणको अवस्था, नेपाल वायु सेवा निगमको व्यावसायिक उडान योजनाबारे मन्त्री अधिकारीसँग धारणा माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com