ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदिरा नियन्त्रणका लागि आग्रह गर्दै गृहमन्त्रीले भने– लागुऔषधविरुद्ध दलहरुबाट संयुक्त आन्दोलन आवश्यक छ


admin

ललितपुर, १२ असार । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकैरुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गर्नुभयो ।

“राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागिसमेत संयुक्त आन्दोलन गर्न जरुरी छ,” गृहमन्त्री थापाले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘लागुऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार वा नेता एक्लैको प्रयासले मात्रै गर्न सकिँदैन । यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ । निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोलनको शुरुवात गर्दैछौँ ।”

यस्तो आन्दोलनमा विद्यालय र महाविद्यालयका विद्यार्थीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले भन्नुभयो, “यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ । युवालाई यो आन्दोलनकोे मूल कमाण्डरका रुपमा जिम्मेवारी दिएरमात्रै लक्ष्यमा पुग्न सकिन्छ ।”

लागुऔषध कारोबारीलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

गृहले लागुऔषध निषेधलाई गम्भीरताका साथ लिँदै मूलभूत कार्यभारका रुपमा लिएको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होइन पूर्णरुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ ।”

सरकारले विकासका लागि पाँच र १० वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषधलाई पूर्णरुपमा निषेध गर्ने समयबद्ध योजना बनाएको उहाँले खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषधका निषेध सरल छैन तर सम्भव छ । विगतमा जस्तो सामान्य अभियान चलाएरमात्रै यो सम्भव छैन, यसलाई आन्दोलनकै रुपमा अघि लैजानुपर्छ ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेत्री एवं सांसद पम्फा भुसालले लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियान पाइलट प्रोजेक्टका रुपमा आफ्नो निर्वाचन क्षेत्र रहेको ललितपुर क्षेत्र नं ३ बाट शुरु गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com