ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्निपीडित ३२ परिवारलाई नगद राहत वितरण, बाढीपीडितलाई आश्रयस्थल


bhawani desk
असार १२, २०७५ मंगलबार   ११ : १०   बजे

बाँके, १२ असार । बाँके जिल्लाको डुडुवा गाउँपालिका–१ होलिया छिटाइपुर्वाका अग्निपीडितलाई राहत वितरण गरिएको छ ।

२०७४ वैशाखमा भएको आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण गरिएको हो । डुडुवा गाउँपालिका विपद् व्यवस्थापन कोषबाट अग्निपीडित ३२ परिवारलाई नगद रु दुई हजारका दरले वितरण गरिएको छ ।

आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, वडाध्यक्ष पटेश्वर कुर्मी, वडादस्य सुष्मा यादवले सो रकम प्रदान गर्नुभयो ।

आगलागी भएको एकवर्ष बितिसक्दा पनि कुनै निकायबाट सहयोग नभएपछि गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । २०७४ साल वैशाख १५ गते भएको आगलागीबाट छिटाइपुर्वा गाउँका ३२ घर जलेर नष्ट भएका थिए ।

बाढीपीडितका लागि आश्रयस्थल

यसैगरी, गाउँपालिका–१ मा बाढीपीडितका लागि दुईवटा आश्रयस्थलको निर्माण भइरहेको छ । वर्षेनी बाढीबाट पीडित उक्त क्षेत्रका नागरिकका लागि उचित आश्रयका लागि दुईवटा भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार होलियाको छिटाइपुर्वा र चौफेरी पाँजामा रु पाँच लाखको दरले दुईवटा भवन निर्माण थालिएको हो ।

राप्ती नदीको बाढी तथा डुबानले सो क्षेत्रका नागरिक वर्षेनी डुबानमा परी मानवीय क्षति तथा धनमाल नष्ट हुने गरेको अवस्थामा यो भवनले सो घटनाबाट जोगाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group